सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

राष्ट्रपति निर्वाचनमा कसको कति छ मतभार?

आज तेस्रो राष्ट्रपतिका लागि चौथो निर्वाचन हुँदैछ।

बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। संघीय सांसदको एक मत बराबर ७९ मतभार र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ।

गत फागुन १३ गते भएको मनोनयन दर्ताअनुसार ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ।

अधिकांश सांसदहरू तथा प्रदेश सभा सदस्यहरू काठमाडौंमै छन्। ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भने भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार गराइरहेकोले मतदानमा सहभागी हुने छैनन्।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने बताएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको थियो।

राप्रपासँग संघीय र प्रदेश सांसद गरी कूल २ हजार ४ सय ५० मतभार छ। राप्रपामा प्रतिनिधि सभा सांसद १४ जना र प्रदेश सभा सदस्य २८ जना छन्।

राप्रपाले २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा भने मतदान गरेको थियो। त्यसबेला राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन मात्रै मतदाता थिए। तत्कालीन नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीलाई राप्रपाले मतदान गरेको थियो।

पार्टीले राजसंस्थाको एजेन्डा लिएकोले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने पार्टीभित्र अधिकांश नेताहरूले धारणा र अडान राखेपछि राप्रपा राष्ट्रपति निर्वाचनमा यसपालि भने तटस्थ बस्ने निर्णयमा पुगेको छ।

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे आज नै निर्णय लिने तयारी गरेको छ। रास्वपाको एक हजार पाँच सय एक मतभार छ। रास्वपामा प्रतिनिधि सभामा १९ जना सांसद छन्।

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङले राप्रपा र रास्वपाको पार्टी कार्यालय पुगेर आफूलाई भोट मागेका थिए।

राष्ट्रपतिमा पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन्।

एमाले उम्मेदवार नेम्वाङलाई भने अहिलेसम्म अन्य दलले समर्थन गरेको सार्वजनिक भइसकेको छैन।

राष्ट्रपति निर्वाचनमा मतदान सकिएलगत्तै मतगणना गरिने र आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। यसपछि चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुनेछ।

यस्तो छ मतभार

 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनको दफा ५५ अनुसार राष्ट्रपतिको उम्मेदवारले कुल मतको बहुमत मत प्राप्त गर्नुपर्नेछ। कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा सबभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच पुन: मतदान हुनेछ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका) ३ सय ३३ सदस्य र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्नेछन्। चितवन-२ मा उपनिर्वाचन हुन बाँकी रहेकाले संघीय संसदका एक सदस्यले भने मतदान गर्न पाउने छैनन्।

कानुनअनुसार राष्ट्रपति निर्वाचनमा संघीय संसदले दिएको एक मत बराबर ७९ मतभार हुनेछ। अर्थात् एक सांसदले झण्डै ७९ हजार जनताको प्रतिनिधित्व गर्ने भएकाले उसको मतभार ७९ कायम गरिएको हो। यस्तो मतभार कुल जनसंख्यालाई कुल संघीय संसद सदस्यले भाग लगाएर निकालिन्छ। निर्वाचन आयोगले यसपटक चुनावको मतभार २०६८ सालको जनगणनाकै आधारमा गर्ने जनाएको छ।

प्रदेश सभा सदस्यको मतभार भने ४८ छ। प्रदेश सभा सदस्यको मतभार पनि कुल जनसंख्यालाई कुल प्रदेश सभा सदस्य संख्या, ५ सय ५० ले भाग लगाएर निकालिएको हो। जसको अर्थ एक प्रदेश सभा सांसदले झण्डै ४८ हजार जनसंख्यालाई प्रतिनिधित्व गर्छ भन्ने हो।

यसपटकको निर्वाचनमा संघीय संसदका सदस्यको कुल मतभार २६ हजार ३ सय ७ छ। प्रदेश सभा सदस्यको मतभार २६ हजार ४ सय छ। अर्थात् राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार ७ सय ७ छ। राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले यो मतको बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउनुपर्नेछ।

अब हिसाब गरौं दलगत मतभारको।

राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सबभन्दा धेरै, १६ हजार २ सय २१ मतभार छ।

दोस्रो स्थानमा रहेको एमालेसँग १५ हजार २ सय ३३ मतभार छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग ७ हजार ६ सय ४९ मत छ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग २ हजार ४ सय ५० र जनता समाजवादी पार्टी (जसपा) सँग २ हजार १ सय ४५ मतभार छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १ हजार ५ सय १ मत छ भने जनमत पार्टीसँग १ हजार २ सय ४२ मतभार छ।

अरू साना दलहरूसँग एक हजारभन्दा कम मतभार छ। तर ती मत पनि कतिपय अवस्थामा निर्णायक अवस्थामा छन्।सेतोपाटीबाट

  • २५ फाल्गुन २०७९, बिहीबार ०६:१२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU