सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरमा पहिलो पटक निजी क्षेत्र द्वारा विभिन्न सेवामा सङ्लन्न महिलाहरू सम्मानित

धनगढी  । सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्र द्वारा विभिन्न सेवामा सङलग्न महिलालाई सम्मान गरिएको छ ।

धनगढी उपमहानगरपालिका ४ को सहिद गेट नजिक रहेको सौराई स्क्वायरले १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरेको हो।

सौराई स्क्वायरले महिला अधिकार , शिक्षा , स्वास्थ्य , व्यवसाय , सुरक्षा ,पत्रकारिता र मानव सेवा जस्ता क्षेत्रमा काम गरिरहेका धनगढीका ९ जना महिलाहरूलाई सम्मान गरेको छ।

सुदूरपश्चिममा निजी क्षेत्र बाट विभिन्न सेवामा सङलग्न महिला सम्मान गर्ने सौराई स्क्वायर पहिलो संस्था भएको छ । यसरी निजी क्षेत्र नाफा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सहभागी हुँदा एउटा फरक संस्कारको अभ्यास भएको पनि देखिएको छ ।

 

नारी दिवसका अवसरमा सम्मानित हुनेमा महिला अधिकार क्षेत्र बाट निर्मला बागचन्द, मानव सेवा बाट सरिता कठायत, व्यवसाय बाट गोबिन्दी भट्ट, पत्रकारिता बाट उन्नति चौधरी र रमा चन्द त्यस्तै सुरक्षा बाट भागरती कुँवर, स्वास्थ्य बाट गीता आले र शिक्षा बाट सुजित कौर र रुपा राई रहेका छन् ।

९ वटै महिलाहरूलाई धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले प्रमाणपत्र तथा नगद प्रदान गर्दै सम्मान गरेकी हुन् । सम्मान पत्र वितरण गर्दै रानाले अबको विकास मानवीय विकास रहेको बताइन् । मानवीय विकास भए मात्रै हरेक नारीले स सम्मान जिउन पाउने बताउँदै उनले नारीको सम्मानका लागी अन्तरक्रिया तथा सचेतनात्मक काममा उप महानगरपालिका लागेको जानकारी दिइन्।

सौराई स्क्वायरका प्रबन्ध निर्देशक उमेश बिक्रम शाहले सामाजिक उत्तरदायित्व बहन गर्दै नारी दिवसको अवसरमा धनगढीका केही महिलाहरूलाई सम्मान गरेको बताए। साथै यस किसिमको कार्यक्रमले महिलाहरूलाई प्रोत्साहन तथा हौसला प्रदान हुने उनले बताए । अहिले सुरुवात भएकाले आगामी बर्षबाट पुरस्कारको को दायरा बढाउने शाहले बताए । कार्यक्रममा वरिष्ठ पत्रकार उमिद बागचन्द लगायतले आफ्ना मन्तव्य राखेका थिए।

यो सँगै सौराई स्क्वायरले श्रमिक महिलाको कदर भन्दै आफ्ना ४ जना महिला कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । नयाँ सन्देश

  • २५ फाल्गुन २०७९, बिहीबार ०५:१४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU