थोरै जग्गा छ भने पनि तपाई एग्रो टुरिजम व्यवसायी बन्न सक्नु हुन्छ (भिडियो सहित) "एग्रो टुरिजममा क्रियाशिल कालु हमालसँगको कुराकानी "
दश बोट केराबाट २५ वर्ष अघि केरा खेती शुरु गरी १० बिघा जमिनमा केरा खेती गरेर एग्रो टुरिजममा स्थापित कालु हमाल व्यवसायी केरा खेतीका कैलालीमा शुरुवात कर्ता हुन ।

कृषि विज्ञान अध्ययन शस्त्र रामपुर कलेजबाट BSC AG पढेर केरा खेतीमा होमिएका कालु हमालले राष्ट्रपति कृषक पुरस्कारबाट सर्वोउत्कृष्ट कृषकका रुपमा सम्मान समेत पाएका छन ।

गत १५ वर्षदेखि एग्रो टुरिजममा क्रियाशिल कालु हमालसँग बरिष्ठ पत्रकार उमीद बागचन्दले गर्नु भएको कुराकानी । एग्रो टुरिजममा क्रियाशिल कालु हमाल भन्छन थोरी जग्गा छ भने पनि आउनुस हामी तपाईलाई एग्रो टुरिजम व्यवसायी बनाई दिन्छौ ।

यतिमात्र होईन‚ केराको बोटमा केरा खाएर आनन्द लिन सकिन्छ भन्ने कुरा बुझाउन सक्नु पर्छ‚ नेपाली समाजमा रहेको सोचलाई बदली दिन सक्छ । हरेक युवाले कामको खोजीमा घर बाहिरिन पर्दैन‚ स्वदेश मै स्वरोजगार हुन सकिन्छ भन्ने कुरा देखाउन सकिन्छ ।
त्यही कुरा एग्रो टुरिजममा क्रियाशिल कालु हमालले बुझाउने प्रयास गरेका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया