सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलालीमा पाँचतारे होटल, कहाँ गयो १५ तले होटलमा दुई अर्ब लगानीको विषय?

धनगढीः कैलालीको गोदावरी नगरपालिका–७ मा पर्ने हरैयामा पाँचतारे होटेल खुल्ने चर्चा थियो। सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल खोल्ने भन्दै गत वर्ष शिलान्यास नै गरिएको थियो।

आइडिया ग्रुपले हरैयामा ‘आइडिया होटेल एन्ड क्यासिनो’को गत साउनमै कांग्रेस नेता डाक्टर शशांक कोइरालाले शिलन्यास गरेका थिए। आइडिया ग्रुपमा गैरआवासीय नेपालसहित चिनियाँहरु पनि साझेदार हुने भन्दै निकै चर्चा गरिएको थियो। गत वर्ष शिलान्यास गरिएको होटल निर्माणको काम सञ्चालकले दाबी गरेअनुसार काम भने हुन सकेको छैन्।

आइडिया ग्रुपले दुई बिगाहा क्षेत्रफलमा होटेल निर्माण सुरु गरेको दाबी गरेको हो। होटेलमा १५० कोठा रहने बताइएको छ। होटेल सञ्चालनमा आउँदा दुई अर्बभन्दा बढी लगानी हुने अनुमान  पनि गरिएको छ। होटेलको १५औँ तलामा हेलिप्याड निर्माण गरिने उल्लेख छ।

होटेलमा पूर्ण क्षमताको क्यासिनो सञ्चालन गरिने छ, जहाँ १५ सय जनाको क्षमता हुनेछ। सिमावर्ती भारतीय पर्यटकलाई लक्षित गरेर क्यासिनो सञ्चालन गर्ने समेत सञ्चालकको दाबी छ। होटेलमा इन्फिनिटी स्वीमिङ पुल, स्काइ वार, स्काइ वाक, रुफटप हेलिकोप्टर ल्यान्डिङ हेलीप्याड, रेष्टुरेन्ट, क्याफे, जीम साउनालगायत सुविधाको परिकल्पना गरिएको छ।

हङकङमा मुख्य कार्यालय रहेको आइडिया ग्रुपका मुख्य लगानीकर्ता गैरआवासीय नेपालीहरु भए पनि चिनियाँहरु पनि साझोदार रहने बताइएको छ। ग्रु्पको अध्यक्ष गोकर्ण श्रेष्ठ हुन् भने इन्टरनेशनल डाइरेक्टरमा छिङ छिङ त्से रहेका छन्। कैलालीमा निर्माण गर्न लागिएको पाँचतारे होटेलमा आइडिया गु्रपसहित पोखराको सौभाग्य रियल स्टेट एन्ड कम्पनीको पनि लगानी रहनेछ। दिनेश खबर

  • १९ फाल्गुन २०७९, शुक्रबार ०७:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU