सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बैंक ब्याजदर विरुद्ध व्यवसायी आक्रामक, माग पूरा नभए कडा आन्दोलन

धनगढीः बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध सुदूरपश्चिमका व्यवसायी झन आक्रामक बनेका छन्। धनगढीसहित प्रदेशभरका व्यवसायी सोमवारदेखि सशक्त आन्दोलनमा उत्रिएका हुन्।

पाँच दिनसम्म हुने आन्दोलनमा प्रदेशमा सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको ऐक्यबद्धता छ। सुदूरपश्चिमका व्यवसायीले १८ गते कुनै पनि बैंकमा डिपोजिट नगर्ने र माग सम्बोधन नभए चैत १ गतेबाट थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

शनिवार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका तयार गरेर चरणबद्ध विरोध गर्ने निर्णय गरिएको थियो। सुदूरपश्चिममा कैलाली उद्योग वाणिज्य संघसहित प्रदेशका सबै जिल्ला र नगर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षका रणनीति तय गरेर चरणवद्ध आन्दोलनमा उत्रिएका हुन्।

सरकारले व्यवसायीलाई सडक आन्दोलन गर्न बाध्य बनाएको कैलाली जिल्ला होटल व्यवसायी संघका अध्यक्ष कलम बमले बताए।’सरकारले हामीला आन्दोलन गर्न बाध्य बनाएको छ,’ उनले भने, ‘कोरोनाले थला परेको व्यवासाय लयमा फर्किनै लाग्दा बेंक तथा वित्तीय संस्थाको अचाक्ली व्याजदरले हामी आतङ्कित भएका छौँ।’

कैलाली उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि बैंकको व्याजदर विरुद्ध आन्दोलन थालेको हो। बैंकहरूले दोब्बर व्याज बढाएर बैंङ्किङ आतङ्क मचाएको व्यवासायीको आरोप छ। बैंकहरूले कायम गरेको चर्को ब्याज व्यवसायीको मात्रै समस्या नभएर यसले सम्पूर्ण उपभोक्तालाई महङ्गीको मारमा पारेको कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले बताए।

‘यो व्यवसायीको मात्रै समस्या होइन्, एक अङ्कमा जवसम्म व्याजदर आउँदैन तवसम्म व्यापार व्यसाय गर्ने अवस्था बन्दैन,’ उनले भने, ‘चर्को व्याजदरको असर व्यवासायीलाई मात्रै परेको छैन, यसले महङ्गी बढाएको छ, यसको असर आम उपभोक्तामा पनि परेको छ।’

बैंकहरूले कालोवजारी गरिरहेको सुदूरपश्चिमका उद्योगी व्यवसायीको आरोप छ। राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्ग दर्शन खारेज हुनुपर्ने व्यवसायीले माग गर्दै आएका छन्।

राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्नुपर्ने माग देशभर उठेको छ। व्यवसायीले अघि सारेका मागप्रति कुनै सुनुवाई नभए चैत १ गतेबाट कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले दिए। ‘२० गतेसम्म दबाबमुलक कार्यक्रम गर्ने भएका छौँ, माग सुनुवाइ नभए फागुन १ गतेबाट कडा आन्दोलन गर्छौँ,’ उनले भने, ‘कडा आन्दोलनमा देशभरबाट ऐक्यबद्धता मिल्ने वातावरण बन्न थालेको छ।’

सुदूरपश्चिमका व्यवसायीहरूले सोमवारबाट शुक्रवारसम्म दैनिक ११ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने भएका छन्। फागुन १८ गते भने व्यवसायीहरूले बैंकहरूमा पैसा जम्मा नगर्ने भएका छन्। सरकारले व्यवसायीका जायज माग पूरा नगरे देशभर आन्दोलन चर्किने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

‘धनगढीबाट सुरू भएको आन्दोलन अहिले प्रदेशभर फैलिएको छ,’ उनले भने, ‘राष्ट्र बैंकले लागु गरेको गलत नीतिमा सुधार नभए आन्दोलन देशभर फैलिनेवाला छ।’

उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकले लागु गरेको अव्यवहारिक नीतिको सिकार हुनु परेको बताएका छन्। चर्को व्याजदरका कारण आम उपभोक्ता समेत महङ्गीको मारमा परेको भन्दै यहाँको निजी क्षेत्र संघर्षमा उत्रिएको हो। दिनेश खबर

  • १६ फाल्गुन २०७९, मंगलवार ०९:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU