सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एमाले मन्त्रीले बुझाए राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सामुहिक राजीनामा बुझाएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्।

एमालेको आजै बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो।

एमालेले आजै किन छोड्यो सरकार?

दुई दिनअघि फागुन १३ गते नेकपा (एमाले) को सचिवालय बैठक बस्यो। दिउँसो राष्ट्रपति उम्मेदवारको मनोनयन गर्नुपर्ने भएकाले उम्मेदवार टुंग्याउन बसेको उक्त बैठकले अर्को पनि निर्णय गर्‍यो- तत्काल सरकार नछोड्ने।

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सहित ८ दलले अघिल्लो दिन नै राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेका थिए।

शनिबार उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० को सहमति कायम रहेको र त्यसैअनुसार नेम्वाङलाई उम्मेदवार बनेको बताए।

एमालेका अरू नेताहरू पनि कम्तीमा पनि फागुन २५ सम्म आफूहरू सरकारमा रहने बताइरहेका थिए।

आइतबार सेतोपाटीसँग कुरा गर्दै एमाले उपमहासचिव बिष्णु रिमालले भनेका थिए- हामीले सरकार छोड्न कि त प्रधानमन्त्रीले निस्क भन्नुपर्‍यो कि त पुस १० गतेको सहमति टुंगियो भन्नुपर्‍यो। उहाँले अहिलेसम्म केही भन्नुभएको छैन। फागुन २५ मा एउटा चक्र पूरा हुन्छ, त्यसपछि हामी सरकार छोड्ने कि के गर्ने भन्नेबारे निर्णय गर्छौं।

शनिबारको सचिवालयको बैठक बसेर सरकार नछाड्ने निर्णय गरेको एमालेले ४८ घन्टामै सोमबार फेरि बसेको सचिवालय बैठक बसेर प्रचण्ड सरकारबाट बाहिरिने निर्णय गर्‍यो। एमालेले सरकारबाट बाहिरिने निर्णयसँगै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

एमालेले एकाएक यस्तो निर्णय किन गर्‍यो।

सोमबार बसेको सचिवालय बैठकपछि एमाले उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डले सरकारबाट बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकाले पनि यस्तो निर्णयमा पुगेको बताए। पुस १० को सहमतिपछि उपाध्यक्ष पौडेलको नेतृत्वमा एमाले सरकारमा गएको थियो।

पौडेलको भनाइलाई आइतबार भएको एउटा घटनाले पनि पुष्टि गर्छ। आइतबार साँझ परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको बैठकमा भाग लिन जेनेभा जाने कार्यक्रम थियो। मन्त्री पौड्यालको नेतृत्वमा नेपाली टोली जेनेभा जाने निर्णय मन्त्रिपरिषद्ले नै गरेको थियो। तर विमानस्थल जानै लाग्दा प्रधानमन्त्री प्रचण्डले उनको भ्रमण रोकिदिए।

संयोग हो कि आफ्ना मन्त्रीको भ्रमण रोकिएको थाहा पाएर हो आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डमाथि खनिएका थिए। पुस १० गते नयाँ गठबन्धन बनेपछि आइतबार पहिलो पटक उनी प्रचण्डमाथि खनिएका हुन्।

आफ्ना पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीको विदेश भ्रमण रोकिएपछि जुनसुकै बेला सरकारबाट बाहिरिनु पर्ने बुझाइमा एमाले नेता पुगेका हुन्।

‘प्रचण्डले अपमानजनक तरिकाले हाम्रो पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीको भ्रमण रोक्नुभयो। अब उहाँले जुनसुकै बेला हाम्रा मन्त्रीहरूको जिम्मेवारी खोस्ने या उनीहरूलाई बर्खास्त गर्न सक्नुहुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ एमालेका एक पदाधिकारीले भने,‘प्रचण्डले नहटाउँदासम्म टाँसिएर बस्यो भन्ने सन्देश नजाओस् भनेर सरकार छोडेको हो। जुन स्वाभाविक थियो।’

सरकारमा बसिरहँदा सत्ता गठबन्धनभित्र अविश्वास पैदा भएर राष्ट्रपति निर्वाचनमा मत क्रस हुनसक्छ कि भन्नेसमेत एमालेको विश्लेषण थियो। तर त्यो अवस्थासम्म आउन नदिन प्रचण्ड स्वयंले एमालेलाई हटाएर कांग्रेसलाई सरकारमा राख्न चाहेको एमालेका एक नेताले सेतोपाटीलाई बताए।

‘परराष्ट्र मन्त्रीको भ्रमण प्रचण्ड स्वयंको निर्णयले मात्रै रोकिएको होइन। उहालाई कांग्रेसको पनि दबाब थियो भन्ने लाग्छ,’ ती नेताले भने,‘राप्रपाले सरकार छोडेसँगै प्रचण्डले विश्वासको मत लिने तयारी गर्नुभएको थियो। त्योभन्दा पहिला नै हामीलाई हटाउने प्रयास हुने हामीले बुझेका थियौं।’सेतोपाटीबाट

  • १५ फाल्गुन २०७९, सोमबार १०:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU