सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दैजी–छेला र प्रदेश राजधानीको हालत उस्तै, जग्गा प्राप्तिको टुंगो छैन

धनगढीः कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्र निर्माणले कहिले गति लिन्छ भन्ने अझै एकिन छैन्। औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाउन सरकारले चालु आर्थिक वर्षका लागि एक अर्व बजेट विनियोजन गरेको भए पनि निर्माणको टुंगो लागेको छैन्।

प्रदेश सरकारले वर्षेनि स्थायी राजधानी निर्माणको नाममा बजेट विनियोजन गर्दै आए जस्तै दैजी–छेला औद्योगिक क्षेत्रको नाममा पनि संघीय सरकारले बजेट विनियोजन गर्दै आएको छ। तर जग्गा प्राप्तिको काम दैजी–छेला औद्योगिक क्षेत्रमा मात्र नभई प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरीको तेघरीमा पनि भएको छैन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १० गते कञ्चनपुरको बेदकोटमा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।

शिलान्यासको २ वर्षपछि सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले फागुन ८ गते सम्पर्क कार्यालय स्थापना गरेका हुन्। उसो त दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणका लागि सरकारी चर्चा हुन थालेको ५ दशकभन्दा बढी समय भयो। तर जग्गाको भोगाधिकार पाउन बाँकी छ। कामभन्दा बढी चर्चा हुन थालेपछि स्थानीयमा असन्तुष्टि मात्र बढेको छ। चुरे फेदीको जनचेतना र वेदकोट सामुदायिक वन क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको परिकल्पना गरिएको छ।

जहाँ ३५५ बिगाहा जमिनमा औद्योगिक क्षेत्र स्थापना हुने उल्लेख छ। यसका लागि ४५ हजारभन्दा बढी रूख कटान गर्नुपर्ने देखिएको छ। औद्योगिक क्षेत्र निर्माणका लागि पहिलो शर्त जग्गाको भोगाधिकार हो, जग्गाकै भोगाधिकार प्राप्त नभइसकेको अवस्थामा रुख छपान गरेर केहि हुँदैन, रुख काट्न नपाइने भएपछि छपानको कुनै अर्थ नहुने नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका पुर्व उपाध्यक्ष कृष्णप्रसाद पाठक बताउँछन्।

‘पहिला जग्गाको भोगाधिकार पाउनु पर्यो, पहिलो महत्वपूर्ण काम नै भएको छैन। जबसम्म जग्गाको भोगाधिकार प्राप्त हुँदैन तबसम्म रुख काट्न सकिदैन, रुख काट्न सकिदैन भने निर्माण कार्य अगाडी बढ्दैन। त्यसकारण औद्योगिक क्षेत्र शिलान्यास र सम्पर्क कार्यालय स्थापना गर्दैमा अगाडी बढ्ने अवस्था रहँदैन।’

औद्योगिक क्षेत्रको डीपीआरअनुसार एक हजार बिगाहामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरे पनि पहिलो चरणमा ३५५ बिगाहामा काम सुरु गरिने उल्लेख छ। औद्योगिक क्षेत्र निर्माणका लागि रुख छपान तथा नम्बरिङ्गको काम भने भइरहेको छ। ४ सय हेक्टर वन क्षेत्रमा ४५ हजार रुखको नम्बरिङ्ग भइसकेको छ। पहिलेको वातावरणीय प्रभाव मूल्यांकन ९ईआइए० भन्दा बढी रुख रहेकाले पुरक ईआए समेत गर्नुपर्ने देखिएको हो।

सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने देखिए पनि निर्माणको प्रक्रियामा धेरै वर्षसम्म अलमल कायमै छ। औद्योगिक प्लटहरु ३२ दशमलव ८८ र सडक १६ दशमलव ४७ प्रतिशत रहने गरी डिजाइन गरिएको छ। औद्योगिक क्षेत्रमा मध्यवर्ती क्षेत्र २३, वन कार्यालय क्षेत्र २ दशमलव १६, प्रशासकीय तथा सेवा क्षेत्र १ एक दशमलव ५४, हेलिप्याड, पेट्रोल पम्प, सवारी साधनहरुको पार्किङ २ दशमलव ५३, सशस्त्र सुरक्षा बलका लागि ३ दशमलव ३६, आवासीय क्षेत्र ३ दशमलव ९०, विद्युतीय सबस्टेशन २ दशमलव १५ तथा जल लगायत अन्य क्षेत्रका लागि ११ दशमलव ९१ प्रतिशत क्षेत्र छुट्याइएको छ।

औद्योगिक क्षेत्रमा साना उद्योग २३, मझौला उद्योग ४४ र ठूला उद्योग ३३ गरी १ सयवटा उद्योग स्थापना गरिनेछ। तर जग्गाको भोगाधिकार नपाउँदा निर्माण अघि बढ्ने निजी क्षेत्र आशावादी छैन्। साना उद्योग स्थापनाका लागि ८ देखि १०, मझौला उद्योग स्थापनाका लागि १० देखि २० र ठूला उद्योग स्थापनाका लागि १ बिगाहादेखि ५ बिगाहाघा क्षेत्रफल छुट्याइएको छ। झण्डै ८ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा कृषि, खनिज तथा विद्युतजन्य उद्योग स्थापना गरिनेछ।दिनेश खबर

  • १५ फाल्गुन २०७९, सोमबार ०६:०५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU