कैलालीको छुट्टाछुट्टै ठाउमा दुइजना मृत अवस्थामा फेला
धनगढी ।
कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कैलारी गाउँपालिका—७ सडकपुर बसन्तेमा ७५ वर्षीय लाहनु चौधरी आफ्नै घर नजिक सडक छेउको नालीमा आज (आइतबार) मृत अवस्थामा फेला परेका थिए ।
यसैगरी कैलाली, कैलारी गाउँपालिका—४ के गाउँ बस्ने ४० बर्षीया लक्ष्मी विक हिजो (शनिवार) आफ्नै घरमा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।नयाँ सन्देश
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया