सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रदेश १ मा राप्रपाको ‘यु-टर्न’ : तत्काल सरकार नछाड्ने

विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने भएको छ । तत्कालै सरकार छाड्दा राजनीतिक रूपमा अस्थिरता निम्तिने सम्भावना रहेको भन्दै सरकारमा रहने/नरहनेबारे राप्रपाले थप छलफल गर्ने भएको हो । राप्रपा शनिबार नेकपा (माओवादी केन्द्र) नेतृत्वको संघीय सरकारबाट फिर्ता भएको थियो ।

पार्टीले प्रदेशहरू पनि सोही निर्णय कार्यान्वयन हुने घोषित निर्णय गरेको थियो ।  पार्टी केन्द्रको निर्णयलगत्तै शनिबार नै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाउने तयारीमा लागेका राप्रपा संसदीय दलको नेता तथा प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौलाले परिस्थितिमा केही बदलाव आएको बताए । उनले प्रदेश १ को अवस्था केही भिन्न देखिएको बताए ।

सत्ता समीकरणमा रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयमा पुगेपछि राप्रपाले शनिबार नै सरकार छाडिसकेको छ । पुस १० को सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएपछि सातै प्रदेशमा एमालेसहित माओवादी, राप्रपा र जसपा लगायतका अन्य दलको समिकरणबाट सरकार गठन भएका थिए । राष्ट्रपति निर्वाचनले फेरिएको राजनीतिक परिदृष्यका कारण प्रदेश १ को सरकार समेत अस्थिर बन्ने सम्भावना बढाएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्की एमालेका हुन् । राप्रपाले तत्कालै सरकार छाडे उनले प्रदेश सभाबाट ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने अवस्था बन्छ । राप्रपाको प्रदेश १ मा ६ सिट रहेको छ ।

राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले शनिबार नै मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेको बताएका थिए । तर उनले अहिले राजनीतिक अवस्था बदलिएको बताउन थालेका छन् । ‘पार्टीभित्र थप छलफलको आवश्यकता देखिएको छ, प्रदेश १ मा राप्रपाको भूमिका विशिष्ट खालेको भएकोले तत्कालै सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा परामर्श भइरहेको छ’ सिटौलाले भने, ‘राप्रपाले सरकार छाड्दा प्रदेश १ मा थप अस्थिरता नहोस् भन्नेमा पार्टी सचेत बनेको छ, हामी अझै छलफलमा बस्नुपर्ने भएको छ ।’

राप्रपाले माओवादी केन्द्रका मुख्यमन्त्री रहेको बागमतीमा भने सरकार छाडिसकेको छ । प्रदेश १ भने दलहरूको सिट संख्याका आधारमा राप्रपा निर्णायक बन्ने अवस्था छ । राप्रपाले सरकारबाट बाहिरिए मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनैपर्छ । फागुन २५ को राष्ट्रपति निर्वाचनपछि माओवादी र एमालेको सत्ता समीकरण पारपाचुकेमा पुगे माओवादीले पनि प्रदेश १ को सरकारबाट बाहिरिएर एमालेलाई दबाब सिर्जना गर्नेछ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका कार्की त्यसपछि झन अप्ठेरोमा पर्नेछन् ।  पुस २५ मा राप्रपा र जसपालाई साथमा राखेर मुख्यमन्त्रीको सपथ लिएका उनले राप्रपा सरकारबाट नबाहिरिएसम्म र माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकारको नेतृत्व गर्नेछन् । सरकारलाई समर्थन गरेर मन्त्रिपरिषद्‍मै हिस्सेदारी लिएको माओवादी, राप्रपा र जसपामध्ये कसैले पनि समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था पालना गर्नुपर्ने छ ।

कार्की नेतृत्वको प्रदेश १ को सरकारमा राप्रपाबाट संसदीय दलका नेता भक्ति प्रसाद सिटौला उद्योग, कृषि तथा सहकारीमन्त्री रहेका छन् । उनी कार्की नेतृत्वको सरकारका प्रवक्ता समेत हुन् ।

राप्रपाले सरकार छाडे विश्वासको मत लिनु पर्ने बाध्यात्मक अवस्थामा पुग्ने मुख्यमन्त्री कार्कीले माओवादीको समेत समर्थन नपाउने अवस्थामा झन जोखिममा पर्नेछन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । जसमा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने प्रक्रिया अघि बढाउने छन् ।

प्रदेश १ को सवैभन्दा ठूलो दलको नेताको नाताले कार्की पुनः मुख्यमन्त्री बन्नेछन् तर फेरि उनले उपधारा (४) बमोजिम विश्वासको मत लिनैपर्छ, जुन कुरा उनलाई निकै कठिन हुनेछ ।

प्रदेश १ को प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट छ । त्यसपछि कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, राप्रपासँग ६, नेकपा एससँग ४ र जसपाको एक सिट रहेको छ ।

मुख्यमन्त्री कार्कीले माओवादी र राप्रपाको समर्थन नपाउँदा सरकार गुमाउनु पर्ने र बाँकी अवधि प्रतिपक्षी दलको नेतामा सीमित बन्नुपर्ने छ । तर अर्को सरकारलाई पनि टिकिराख्न सभामुखको सहारा लिनुपर्ने गणितीय बाध्यता बनेको हो ।इकागज
 

  • १४ फाल्गुन २०७९, आईतवार ०८:३२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU