सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बोराडाँडी ब्यारेकमा आज र भोलि सैनिक प्रदर्शनीको अवलोकन गर्न पाइने

धनगढीः नेपाली सेनाले बोराडाँडी ब्यारेकमा आज र भोलि सैनिक प्रदर्शनीको अवलोकन गर्न पाउने व्यवस्था मिलाएको छ। सुदूरपश्चिम पृतना हेडक्वाटरले नेपाली सेनाको २६० औं स्थापना दिवसको अवसरमा सैनिक प्रदर्शनी अवलोकनको व्यवस्था मिलाएको हो।

शुक्रवार र शनिवार दुई दिनसम्म सर्वसाधारणका लागि खुला गरिएको विविध सैनिक प्रदर्शनीको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले एक समारोहका बिच उद्घाटन गरेका हुन्।

 

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रि अर्थात् सेना दिवसको दिन काठमाडौको सैनिक मञ्चमा विभिन्न सैनिक कवाज, युद्ध कौशल देखाउँदै आएकोमा यो वर्षबाट प्रदेशहरूमा पनि सैनिक प्रदर्शनी राखिएको सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाले बताए।

पृतनापति थापाले नागरिक सैनिक सम्बन्धको विकास गर्न सेनाले विभिन्न माध्यमबाट काम गरिरहेको बताएका छन्। विभिन्न विपद्को समयमा नेपाली सेनाले जनस्तरमा गएर काम गर्ने गरेको स्मरण गर्दै पृतनापति थापाले नागरिकसँग थप सम्बन्ध विकास गर्ने सैनिक प्रदर्शनी राखिएको बताए।

शुक्रवार नेपाली सेनाका विभिन्न युनिटद्वारा विविध साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। यस्तै, खुकुरी ड्रिल प्रदर्शन, एरोविक नृत्य, तेक्वान्दो प्रदर्शन र एनसीसी विद्यार्थीहरूबाट नृत्य र कवाज प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा नेपाली सेनाले प्रयोग गर्ने विभिन्न हतियार, उपकरण, औजार र  रिफ्रेसमन्टका लागि जिप लाइनको व्यवस्था गरिएको छ।

शुक्रवार र शनिवार सर्वसाधारणले प्रदर्शनी अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको सुदूरपश्चिम पृतना हेडक्वाटरले जनाएको छ। दिनेश खबरबाट

  • १२ फाल्गुन २०७९, शुक्रबार ०९:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU