धनगढीमा शनिवार विद्युत अवरुद्ध हुने
धनगढीः धनगढीमा फागुन ६ गते शनिवारका दिन विद्युत अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै शनिवार धनगढीमा विद्युत सेवा अवरुद्ध हुने बताएको हो। शनिवार बिहान ८ देखि ११ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। धनगढी वितरण केन्द्रका अनुसार शनिवार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाका लागि नयाँ फिडर जडानको काम हुने भएकाले सो क्षेत्रको विद्युत सेवा अवरुद्ध हुने भएको छ। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया