सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पश्चिम सेतीको २८ वर्षपछि पुनः डिपीआर हुँदै

धनगढीः भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक (इन्सेप्सन) प्रतिवेदन लगानी बोर्ड नेपाललाई बुझाएको छ। लगानी बोर्ड नेपालले प्रतिवेदन अध्ययन गर्दैछ। प्राम्भिक प्रतिवेदन स्वीकृत भएपछि विस्तृत अध्ययन गरिने छ। पश्चिम सेती जलविद्युत आयोजनाको २८ वर्ष पहिले अध्ययन गरिएको भएपनि भारतीय कम्पनीले फेरि अध्ययन गर्ने भएको हो।

प्रतिवेदनमा आयोजनाको सम्भाव्यता अध्यययन गर्न विधिहरु प्रस्ताव गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए। उनले भने, ‘प्राम्भिक प्रतिवेदन हामीले स्वीकृत गरेपछि उसले विस्तृत अध्ययन गर्छ। प्राविधिक मुल्याँकन समितिले हेर्दैछ। आर्थिक, सामाजिक, वातावरणीय लगायत पक्षको अध्ययन थालिएको छ।’ परियोजनाको उपयुक्त ढाँचाको बारेमा अध्ययन गरिनेछ। अध्ययन पहिले पनि भएको हो। २८ वर्ष पहिले र अहिलेको अवस्था फरक छ।’

 

अबको २१ महिनाभित्र एनएचपीसी इन्डिया लिमिटेडले परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन दिने कार्यतालिका छ। लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत भट्टका अनुसार भौगोरिक अवस्था, सामाजिक व्यवस्थापनको योजना, वातावरणीय अध्ययन लगायतको काम गरिने छ। ‘पहिलो प्राम्भिक प्रतिवेदन स्वीकृतपछि मात्र बाँकी काम सुरु हुने कार्यतालिका दिएका छौँ। दुई वर्षमा डिपीआर बुझाउछ। परियोजना स्वीकृत भएपछि लगानीको कुरा आउछ। हामी छिटो काम गर्ने पक्षमा छौँ,’ भट्टले भने। तर पश्चिम सेतीका लागि आवश्यक आधारभूत पूर्वाधारको भने अभाव देखिएको छ।

पश्चिम सेती जलविद्युत आयोजना स्थलमा सव–स्टेसन, राष्ट्रिय प्रसाण लाइन तथा कैलालीको लम्कीदेखि बरेलीसम्म अन्तराष्ट्रिय प्रसारण लाइन विस्तारको कामसमेत गर्नुपर्ने भएको हो। लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले आधारभूत पूर्वाधारको काम पनि सुरु हुने बताए। उनले भने, ‘आधारभूत पूर्वाधारको काम पनि अगाडि बढ्दैछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बल्लेखदेखि लम्कीको प्रसारण लाइन, बझाङमा सब–स्टेसन, लम्कीमा सब स्टेसन, लम्कीदेखि बरेलीको अन्तरदेशीय प्रसारण लाइन बन्छ।’ गत भदौ २ गते भारतीय कम्पनी एनएचपीसीले विना प्रतिस्पर्धा एकैसाथ २ कम्पनीको सर्वेक्षण अनुमति पाएको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा पश्चिम सेती ९७५० मेगावाट र सेती नदी–६ को ९४५० मेगावाट आयोजनाको विकासका लागि एनएचपीसीले लगानी बोर्ड नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। कम्पनीले पश्चिम सेतीको बिजुली बिक्री गर्न भन्दै पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरिसेकको छ। दिनेश खबरबाट

  • ४ फाल्गुन २०७९, बिहीबार १०:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU