सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पूर्वराजालाई बोलाएर दुर्गा प्रसाईंको चर्को भाषण- मुलुक २०४६ सालअघि फर्काऔं
"पूर्वमन्त्री केशरबहादुर विष्टले ज्ञानेन्द्र शाह सहभागी कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनमाथि कसे व्यंग्य "

समाजका हरेक विषयमा बेपर्वाह अभिव्यक्ति दिँदै बारम्बार विवादमा तानिने झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सोमबार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाहलगायत पूर्व राजपरिवारका सदस्यहरूलाई झापाको एकै मञ्चमा उभ्याए।

कुनै बेला आफूले ‘माओवादी जनयुद्ध’ लडेको बताउने प्रसाईंले यसपटक ‘जनयुद्ध दिवस’ कै दिन पारेर पूर्व राजाको उपस्थितिमा मुलुकलाई २०४६ सालअघिको अवस्थामा फर्काउनु पर्ने बताए।

संयोग कस्तो परेको छ भने, माओवादीमा लागेकै कारण ६ महिना सैन्य हिरासत भोगेका उनले मुलुकलाई २०४६ सालअघि फर्काउनुपर्ने माग राख्दा उनी सत्तारूढ नेकपा एमालेको केन्द्रीय सदस्य छन्। काँकडभिट्टास्थित प्यारीभिटा बसपार्कमा आफैंले आयोजना गरेको कार्यक्रममा उनले ‘२०४६ सालअघि मुलुक फर्काउनु पर्ने’ माग राखेका हुन्।

प्रसाईंले नयाँ भन्दै सुरू गरेको ‘नागरिक बचाऊ महाअभियान’ लाई राजनीतिक अभियान नभएको दाबी गरे। माग भने निर्दलीय पञ्चायतको राखे।

२०४६ सालअघिसम्म मुलुक पञ्चायती शासनको अधिनमा थियो। राजाको सक्रिय शासनकालमा दलीय प्रतिस्पर्धादेखि न्यूनतम लोकतान्त्रिक हकसमेत कुण्ठित थिए। गणतन्त्रका लागि सशस्त्र युद्धमा होमिएका र अहिले पनि मुलुकको सबभन्दा ठूलो वाम दल एमालेको केन्द्रीय सदस्य रहेका प्रसाईंले आफूलाई राजाको सक्रिय शासनको पक्षमा खुला रूपमा उभ्याएका छन्।

त्यसो त उनको कार्यक्रममा सहभागी हुन आउनेहरूले प्रयोग गरेको बसमै ‘मुलुकलाई जंगबहादुरको आवश्यकता छ’ भन्ने वाक्य सहितका ब्यानर टाँगिएका थिए। जंगबहादुर राणा नेपालमा जहाँनिया राणा शासनको सूत्रपात गर्ने शासकका रूपमा चिनिन्छन्। केही दिनअघि झापामा यो कार्यक्रमको तयारी क्रममा प्रसाईंले सम्बोधन गर्दै ‘नेपाललाई जंगबहादुरको खाँचो भएको र आफू त्यो जंगबहादुर भएको’ समेत बताएका थिए।

प्रसाईंको कार्यक्रममा पूर्वमन्त्री केशरबहादुर विष्टले भने राप्रपाको सत्तारोहणप्रति असन्तोष प्रकट गरेका थिए। उनले पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी उक्त कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि व्यंग्य कसे। राजतन्त्र ल्याउँछु, हिन्दु राज्य फर्काउँछु, संघीयता खारेज गर्छु भन्दै झापाबाट निर्वाचित भएर गएका नेताले अन्तिममा सरकारसँग मिलेर ‘जनयुद्ध दिवस’ को बिदा दिनेमा सहमति जनाएको भन्दै उनले व्यंग्य कसेका हुन्।

‘राजा ल्याउँछु, धर्म ल्याउँछु, संघीयता मान्दिनँ भनेर यही झापाका नेताले ज्यानमाराको दिवस मनाएपछि मलाई धिक्कार होस् भनेर हिजो बेलुकादेखि निद्रै लागेको छैन,’ विष्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका उपप्रधानमन्त्री लिङ्देनप्रति संकेत गर्दै भने, ‘यहाँ राप्रपा भन्ने साथीहरू हुनुहुन्छ भने के अनुहारले राप्रपामा बसिरहनुभएको छ भन्ने मैले बुझिनँ।’

पूर्वमन्त्री विष्टले फागुन १ कालो र सेतो दुवै दिन भएको समेत बताएका थिए। उनले माओवादी युद्धलाई इंगित गरेर कालो दिन र नागरिक बचाऊ महाअभियान सुरू भएकाले सेतो दिनका रूपमा चित्रण गरेका थिए।

गणतन्त्र उल्ट्याउने आन्दोलनको अगुवाइ गर्ने वाचा गरेको राप्रपा गणतान्त्रिक सरकारमा सामेल भएकामा दरबार असन्तुष्ट रहेको चर्चा भइरहेका बेला राप्रपा नेता लिङ्देनकै आलोचक प्रसाईंको निमन्त्रणा स्वीकार गरेर ज्ञानेन्द्र शाह परिवारसहित कार्यक्रममा सहभागी भएकाप्रति राप्रपाले असन्तोष जनाइसकेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले एजेन्डा गिजोल्ने प्रयास भनेर सार्वजनिक रूपमै तिखो टिप्पणी गरेका छन्।

कार्यक्रममा दुर्गा प्रसाईंले आफ्नो अभियानको प्रवक्ता रमा सिंह भएको जानकारी दिए। रमा सिंह नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान हुन्। उनी लामो समय नेपाल टेलिभिजनमा पनि कार्यरत थिइन्। उनलाई त्यस बेलैदेखि दरबारनिकट सञ्चारकर्मी भनेर चिनिन्थ्यो।

अमेरिकाबाट नेपाल फर्केकी उनीबारे प्रसाईंले भने, ‘मेरो अभियानको प्रवक्ता रमा सिंह हुनुहुन्छ। उहाँले राजपरिवारको हत्या भएको समाचार पढेको सुनेको थिएँ। अमेरिकामा पनि विरक्त लागेर आउनुभयो। उहाँको चित्त नबुझेको, मेरो पनि नबुझेको भएपछि हाम्रो कुरा मिल्यो।’

प्रसाईंले आफ्नो भाषणमा राजधानी काठमाडौं एक महिना ठप्प पारेर व्यवस्था उल्ट्याइदिने धम्की दिन भ्याए। उनले चिकित्सक गोविन्द केसी, उनको मेडिकल शिक्षा सुधार अभियानको पक्षमा उभिएकाहरूलाई कुख्यात अपराधीसमेत करार गरे।

त्यस्तै मुलुकका राजनीतिक दल, सञ्चारमाध्यम, लेखन क्षेत्रका हस्ती, नागरिक अगुवाहरू, पूर्व न्यायाधीश लगायतलाई मुलुकको सबभन्दा ठूलो अपराधी करार गरेका थिए। लेखक, पत्रकार, न्यायाधीशहरूको नामै किटेर उनले ‘रवि लामिछानेले अस्ति १२ भाइ भन्दा धेरैको नाम छुट्यो भन्दै’ थप नाम लिएर उनीहरू कुख्यात अपराधी भएको बताएका हुन्।

‘यहाँको स्वास्थ्य शिक्षा र रोजगारीका सबभन्दा कुख्यात अपराधी यिनै हुन्,’ प्रसाईंले भने, ‘उनीहरू युरोपियन युनियनका पास्टर हुन्। यिनीहरूले गोविन्द केसी जन्माए। नर्सिङ कलेज बन्द गराए। अबको केही वर्षमा नर्सहरू फिलिपिन्सबाट ल्याउनुपर्छ।’

उनले थपे, ‘हाम्रा माथिका नेता त सबै पास्टर छन्। हिन्दु राज्य भन्नु हुँदैन है भन्छन्। यिनीहरूले धर्म बेचे। इस्लामको देश छ, बुद्धिष्टको देश छ, किराँतको देश छ। यहाँ चाहिँ हिन्दु हुन्न भन्दै डराउँछन्। धर्म मासियो।’

मुलुकमा ‘धर्म मासिएकोमा चिन्ता जाहेर गर्दै’ उनले पटक-पटक आफू पाथिभरा देवीको भक्त भएको र देशको अवस्था नबदलेसम्म माताको अनुहार नहेर्ने भनेर आएको समेत बताए। उनले आफूले सुरू गरेको अभियानमा धेरैको सहभागिता हुने दाबी गरे।

प्रसाईंले बैंकका सिइओहरूलाई मोसो दल्ने चेतावनी पनि दिन भ्याए। बैंकहरू, लघुवित्त तथा सहकारीहरूले ऋण र ब्याजको नाममा अन्याय गरेको भन्दै उनले अब बैंकका सिइओलाई कालोमोसो दल्ने चेतावनी दिएका हुन्।

‘तपाईंहरू देख्दै हुनुहुन्छ नि यो युवा दस्ता, यो कालोमासो दल्ने दस्ता हो। बैंकका मेनेजरलाई कालोमोसो दल्ने,’ प्रसंग फेरीफेरी उग्र कुरा गरेका उनले आफूलाई सम्पत्तिको कुनै लोभ नभएको पनि दाबी गरे। हातको बुढी औंलाको ल्याप्चे देखाउँदै उनले भने, ‘यदि राज्यलाई मेरो सम्पत्ति चाहिन्छ भने म थिचिदिन्छु।’

बैंक तथा वित्तीय संस्थाको ‘दादागिरी बढेको’ भन्दै त्यसलाई पनि एजेन्डा बनाएका उनले भैरहवामा फागुन ७, धनगढीमा फागुन १०, चितवनमा १३ गते र २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरे।

‘नौ महिना कोरोनाका बेला जसरी बन्द भयो, त्यसरी एक महिना बन्द गर्‍यौं भने देश २०४६ सालअघि पुग्छ,’ उनले गिरिजाप्रसाद कोइरालाका भनाइ पनि मिसाउँदै भने, ‘गिरिजाप्रसाद भन्नुहुन्थ्यो- जहाँ ठोक्किन्छ, त्यहाँबाट पछि फर्कनुपर्छ। हामी पनि ४६ सालअघि फर्किनै पर्छ। त्यहाँबाट गल्ती भएको छ। गणतन्त्र त १२–१४ जनालाई मात्रै पो ल्याइएछ। मुलुकको सबभन्दा धनी शेरबहादुर देउवा हुन्। अनि अहिलेका प्रधानमन्त्री। सर्वहारा वर्गका नेता।’

देश अहिले बिखण्डनमा परेको भन्दै उनले एकीकरण जरूरी रहेको बताए। त्यही एकीकरणका लागि आफूले पूर्वराजा ज्ञानेन्द्रलाई बोलाएको उनले सुनाए। ‘देश एकीकरण गर्नुछ। सरकार तपाईं आउनुपर्‍यो भनेँ, आउनुभयो,’ प्रसाईंले भने, ‘धेरैले दुर्गा प्रसाईं बहुलायो भने। म बहुलाएकै हो। राइट ब्रदर्स नबहुलाएको भए आज संसार बोकेर जहाज उड्थ्यो?’ सेतोपाटीबाट

 

  • २ फाल्गुन २०७९, मंगलवार ०५:४३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU