कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्लाको जिमुवाबाट भन्सार छलीका सामान बरामद गरिएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।
प्रहरी नायव निरीक्षक देबसिंह बुडालको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलीका एक लाख ५ हजार मुख्यबराबरका सामान बरामद गरेको हो।
साईकल ट्युब ३५ थान, साईकलका टायर ४ थान, चिनी ५० किलोग्राम बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो। बरामद गरिएका सामान सम्वन्धित निकायमा पठाएको कञ्चनपुर प्रहरीले जनाएको छ। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया