कैलालीमा बाघको छालासहित दुई जना पक्राउ
कैलाली: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।
बिशेष सुराकीको आधारमा गोदावरी नगरपालिका २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी गाउँपालिका ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्न १९ वर्षीय सुवाश बोहरा लाई नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरुलाइ वन्यजन्तु ओसारपसार कसुरमा आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय मालाखेतिमा बुझाइएको प्रहरीले जनाएको छ। दनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया