सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

घुम्न आउने जो कोहीलाई बिर्सन गाह्रो ईलाम (फोटो फिचर र भिडियो सहित)

निराजन परियार । लामो समयको पलान पछि २०७५ सालको दशै तिहारको बिदा मिलाएर इलाम घुम्न निस्किएँ ।
इलामकै मित्रहरुको आतिथ्य पाएपछि ईलाम घुम्ने, इलाम बुझ्ने अवसर पाए ।


झापाबाट इलामको उकालो लागेपछि त्यहाँको सवारी साधन र सडकका छेउहरुमा लेखिएको शब्दहरु हाम्रो ग्रिन इलामा स्वागत छ, आँखामा नबिजाउने दृश्य र यात्राका क्रममा भेट हुने इलामका जो कोही मानिसको शिष्टाचार,सम्मानजनक र सहयोगी व्यवहार इलामका मनकारी मनहरुको परिचय झल्काउथ्यो ।

त्यहाँको प्राकृतिक सुन्दरता, पर्यटन अनि चिया र मानिसहरुकोे काम प्रतिको व्यावसायिता देखेर मनमा थुप्रै प्रश्नहरु उत्पन्न हुन् थाले । गायक दीपक लिम्बुको आवाजमा धेरै पहिले सुनेको थिए एउटा गित “मौका मिलाइ घुम्न आउनु हाम्रो ग्रिन इलाम” हरियाली ग्रिन इलाममा घुम्न आउन यो गितले आग्रह गरे जस्तै इलामको सुन्दरताले पनि हरेक घुम्न आउने जो कोहीलाई यस्तै आग्रह गरिरहेको थियो ।

चारैतिर हरियाली, प्रकृतिको सुन्दर मुहार, पौरखी मानिस अनि प्रकृतिसँग सुहाउने जे उत्पादन हो त्यसैबाट आम्दानी । मैले इलामलाई यस पटक यसैगरी बुझ्ने प्रयास गरेँ ।
प्रकृतिको वरदान इलाम त्यहाका चिसो धनगढीबाट म संगै गएको उत्ताउलो गर्मी कन्यामको चियावारीसँगै गायव ! र संगै सुदुरपश्चिम प्रदेशबाट एक नम्बर प्रदेश सम्मको यात्राको थकाइ क्षणभरमै गायव भएको पत्तै पाइन् ।


धेरै टाढाबाट निकै समय लगाएर शितल चियाबारीमा लुकामारी खेल्न पुगेका म जस्तै दृश्या वलोकन गर्दै कोही घोडामा चढेर शयर गर्दै थिए ।
सुविधाले भरिँदै गएको ईलामको पर्यटन व्यवसाय । त्यहाँ पुगेका जो कोही फोटो खिच्न चियावारीका बोटमा झुक्दै थिए, जति प्रशंसा गरे पनि कमै हुन्छ इलामलाई ।

मेरो २ दिनको बसाई इलामको दक्षिणी क्षेत्र दानाबारीमा भयो । जहाँका किसानहरु व्यवसायिक केरा खेतीमा आकर्षित भएका रहेछन् । उनीहरुले व्यवसायिक रुपमा केरा खेती गरी लाखौं आम्दानी लिईरहेका छन् । जिल्लाको दानाबारी, महमाई, चिसापानीलगायतका किसानहरुले केराको व्यवसायिक खेती सुरु गरेका रहेछन् । त्यस क्षेत्रमा केराका राम्रो सम्भावना भएर केरा व्यवसायलाई जिविको पार्जन बनाएका छन् ।


लगभग एक हप्ता लामो इलाम र झापाको बसाईका क्रममा धरान बुढासुब्वा र धरान धनकुटाको भेडेटार लगाएका पर्यटकीय ठाउँहरुमा पुगेर धेरै कुरा जान्ने सिक्ने अवसर पाए ।

  • २६ कार्तिक २०७५, सोमबार ०६:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU