ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुरबाट पक्राउ
धनगढीः ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुरबाट पक्राउ परेका छन्। गोरखा जिल्ला गोरखा नगरपालिका–१२ का खुइले भन्ने चन्द्रबहादुर कुमाल कञ्चनपुरबाट पक्राउ परेका हुन्।
भारत गइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
गोरखा नगरपालिका–१२ कै टोपबहादुर कुमालकी श्रमती ३० वर्षीया बिमला कुमाल मृत फेला परेको ज्यान सम्वन्धि मुद्दाका संशकित खुइले पक्राउ परेको कञ्चनपुर प्रहरीले बताएको छ।
प्रहरीले आज भीमदत्त नगरपालिका–४ बसपार्कबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखाबाट आएको प्रहरी टोलीको जिम्मा लगाई पठाएको कञ्चनपुर प्रहरीले जनाएको छ। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया