बझाङमा राष्ट्रिय प्रशारण लाईन जोडियोः जिल्ला बासि हर्षित
डीबी विष्ट कार्तीक २० बझाङ ।लामो समय देखी विद्युत अभावको मार झेल्दै आएका बझाङबासीहरु अव यो समस्या बाट मुक्ती पाएका छन । नेपाल विद्युत प्राधिरणको राष्ट्रिय प्रशारण लाईनमा बझाङ संग जोडीए पछी समस्या बाट मुक्ती पाउनुका साथै स्थानीय बासिन्दा खुःसी भएका छन् ।

‘बझाङ भित्र गर्नु पर्ने पोलिङ र लाइनिङको बझाङ जिल्ला भित्र हुने सबै काम सम्पन् भै सकेको पोल गाड्ने र तार तान्ने कामको जिम्मा पाएको नरेन्द्र दावा जेभी निर्माणका प्राविधीक महेश जोशीले बताउनु भयो । ‘हाल लाई अस्थायी रुपमा विद्युत सेवा आपुर्ती गर्नका लागि चैनपुरमा दुइ वटा ट्रान्सफर्मर जडान गरी मंगलबार हिान देखी विद्युत सेवा सन्चालmनमा ल्याईएको उहाँको भनाई छ ।
बैतडी जिल्लाको बजपानी क्षेत्रमा केही ठाउ“मा लाइन तान्नका लागि रुख काट्नु पर्ने भएकोले सोका लागि सामुदायिक वन स“ग समन्वय गर्न अली समय लागेको र विद्युत लाईन तान्न तथा अन्य प्राविधीक समस्याका कारण असोज दोस्रो साता नै विद्युत प्रवाह गर्ने भनेको भए पनी कार्तीक तेस्रो साता मात्रै सफल भएको उहाँको भनाई छ । आज बाट सदरमुकाम र आसपासका गाउ“का करिब पा“च हजार घरपरिवारले राष्ट्रिय प्रशारण लाईनको विद्युत उपभोग गर्न पाउने छन । खप्तड छान्ना गाउ“पालिकाका बाहेक जिल्लाका अरु ११ वटा स्थानियतहमा पनि लाईन विस्तार गर्ने काम भैरहेको उहाँको भनाई छ ।
राष्ट्रिय प्रशारण लाईन वितरण गर्नका लागि केदारस्यु“ गाउ“पालिकाको बागथला र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा सब स्टेसन निमार्णको काम पनि तिब्र रुपमा भैरहेको र यस बर्षको अन्तिम सम्म निर्माण भै सक्ने ठेकेदार कम्पनीहरुले जनाएका छन ।
बझाङ सदरमुकाम र आसपासका गाउ“हरुलाई विद्युत सेवा उपलब्ध गराउदै आएको नेपाल विद्युत प्राधिकरणको सुर्मा देवी साना जलविद्युत आयोजना पटक पटक विग्रन थाले पछि विद्युत अभावले यहा“का बासिन्दाहरु हैरानी खेप्दै आएका थिए ।

विद्युत बन्द भए पछि यहांका बन्द व्यापार देखी लिएर कार्यालय र घरायसी कामकाज समेत प्रभावित हुने गरेको थियो । आज जिल्ला समन्वय समीतीका एक कार्यक्रमका विच पत्रकार सम्मेलन गर्दै विद्युत सुचारु भएको जनाकारी दिईएको हो । ३३ केभी राष्ट्रीय प्रसारण लाईनको औपचारीक रुपमा उद्घाटन हुन भने बाँकी छ । सुर्मा देवि विद्युत प्रालीले दीदै आएको ठाँउमा मात्रै अहिले राष्ट्रीय प्रसारण लाईनले सेवा दिने र बाँकी ठाँउ विस्तारै सुचारु गर्दै जाने योजना नेपाल विद्युत प्रालीले जनाएको छ ।
लामो समय सम्म विद्युत अवरुद्ध हुदा“ मोवाइल चार्ज गर्न पनि समस्या र विद्युत बन्द भए पछि यसको सबै भन्दा ठुलो मारमा यहाँका सरकारी तथा गैर सरकारी कार्यालय, होटल, मासु पसल र दुग्ध व्यवसाय गर्नेहरुलाई परेको थियो । राष्ट्रीय प्रसाराण् लाईन जोडीए पछी यहाँका सबै स्थानीय बासिन्दा निकै खुःसी भएका छन् । स्थानीय ब्यापारी प्रकास बोहराले भन्नु भयो ईलेक्टोनीक्सकाmे काम बन्द गर्दै हिड्नु पर्ने बाध्यता हटेको छ अब २।४ पैशा आम्दानी गर्न पाईने भयो म निकै खुःसी छु ।
जिल्ला बासी हर्षित
बर्षौ देखी विद्युत अभावको मार खेप्दै आएका बझाङीहरु राष्ट्रिय प्रशारण लाईन सुचारु भए पछीको खबरले हर्षित भएका छन । विद्युत नियमित भए पछि यसले शिक्षा स्वास्थ्य देखी लिएर अरु क्षेत्रमा पनि सहजता आउने भएकोले यो खबरले निकै उत्साहित बनाएको सत्यवादी उच्च माविका शिक्षक इश्वरनाथ जोशीले बताउनु भयो ।
जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएको खवरले सबै भन्दा बढी उद्योगी व्यवसायीहरुमा उत्साह छाएको छ । ‘केही उद्योग गर्न चाहानेहरुलाई पनि विद्युतको समस्याले हैरानी बनाएको थियो । अव यो समस्या हट्ने भयो’ एकजना युवा उद्यमी विष्णु ऐडीले भने ‘विद्युत आउने खबरले निकै खुशी लागेको बताए ।
‘विद्युत नियमित नभएका कारण यहा“ लगानी गर्नेहरु पनि डराइरहेको अवस्था थियो । कतिपयको लगानी समेत डुबेको छ’ बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले राष्ट्रिय प्रशारण लाईन जोडीएको खबरले सम्पुर्ण उद्योगि व्यवसायीहरु उत्साहित भएको बताउनु भयो ।
राष्ट्रिय प्रशारण लाईन विस्तार स“गै नेपाल विद्युत प्राधिकरणले बझाङमा कार्यालय स्थापनाको काम सुरु गरेको छ । ‘७ जना कर्मचारीहरु कार्यालय स्थापनाको लागि भनेर खटाई सकेका छौ’ नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियाका निर्देशक तारानाथ शर्माले भने ‘विद्युत प्रशारण नियमित भए स“गै हाम्रो वितरण केन्द्रको कार्यालय पनि सुचारु हुनेछ’ उनले प्राविधीक समस्या बाहेक विजुली नियमीत हुने उहाँले बताउनु भयो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया