यति एयरलाइन्स दुर्घटनाको रहस्य खुल्यो
काठमाडौं: गत माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको रहस्य खुलेको छ। ९एन–एएनसी एटीआर जहाज दुर्घटना लगत्तै गठित सरकारी छानबिन आयोगले जहाज अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको र दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको हो।
अवतरणका क्रममा इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा अत्यधिक घर्षण उत्पन्न हुने र जहाज ढुंगा जसरी तल झर्ने आयोगको भनाइ छ। यद्यपि, उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्नेबारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको छ।
गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना ग्रस्त हुन पुगेको थियो। जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो।
दुर्घटना लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो। सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट र प्राविधिक पक्षको समेत थप अध्ययन गरेर फर्किएको आयोगले यस्तो निष्कर्ष निकालेको हो। यद्यपि, आयोगले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको आयोगका सदस्य सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले जानकारी दिए। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया