सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढीका युवा बोहराको रवि लामिछानेलाई खुला पत्र

सुरेन्द्र बोहरा, धनगढीः रवि जी नमस्कार!सबैभन्दा पहिले त नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी नयाँ नागरिकता लिनुभएकोमा हार्दिक बधाई! जहिल्यै कुराजनीतिक चक्रमा फसिरहने मेरो देशमा यस पटकका झिल्काहरू भने आसलाग्दा देखिएका छन्। डडेल्धुरामा हार बेहोरेका सागर ढकालले ल्याएको राजनीतिक चर्चादेखि स्थापनाको ६ महिनामै एउटा गतिलो वैकल्पिक शक्तिको रूपमा उदाएको स्वतन्त्र पार्टीले गज्जबको तरङ्ग ल्याएको छ।

 

नेपालमा अहिले सहरी क्षेत्रमा देखापरेको राजनीतिक जागरण अघिल्लो संसदीय चुनावमा देखा परेको भए सायद आज मेरो टाउकोमाथि ७० हजार ऋण हुन्थेन कि ? तर पनि ’देर आएगा लेकिन दुरुस्त आएगा’को गतिलो उदाहरण यहीँ त होला है!

 

राजनीतिमा आकर्षित गर्न कसै न कसैले परिवर्तनको सुरुवात गर्नु थियो, यो २०७९ को स्थानीय चुनावमा बालेन शाहको उदयबाट भयो। पूर्व धरानमा हर्क साम्पाङबाट देखा पर्यो। हर्क साम्पाङ, जसको चुनावी प्रचारप्रसार हेर्दा मलाई चार दसक पहिलाको नेपाली फिल्मको याद आयो।

 

स्थानीय चुनाव फिल्मको ट्रेलर रै’छ, फिल्मको फस्ट हाफ संघ र प्रदेशको चुनावमा देखियो। बाँकी फिल्म अब ५ वर्षसम्म हेरिन्छ। मलाई त विदेशमा भएका ४० लाख युवाको सम्झना आयो। ती सबैलाई मतदानमा समावेश गरेको भए अझ बढी बालेन, हर्क, रवि, तोसिमाहरू हामीले पाउने थियौँ। तर पनि जे जति भएको छ, यो सबैका सामु देखिएका अवसरभन्दा पनि चुनौती धेरै छन्।

विगत सात दसकदेखि जीर्ण हाम्रो प्रणालीलाई सही ट्रयाकमा ल्याउन र सापेक्षित आर्थिक विकास गर्ने कार्य अब पनि गरिएन भने देशमा कहिल्यै परिवर्तन नदेखेरै हामी मर्नेछौँ।

परिवर्तनको सुरुवात सहज कहिल्यै हुँदैन। यसले अनेकन समस्या ल्याएको हुन्छ तर जो युवा यसपाली निवार्चित भएर संसद्मा प्रवेश गरेका छन्, तिनका सामु मुख्य दुई ठुला चुनौती खडा भएका छन्। पहिलो– राजनीतिमा युवाले बिनाअनुभव देशमा परिवर्तन के गर्लान् र भन्ने शंकालाई चिर्ने चुनौती। अनुभव लिएर पाकेका वृद्ध नेताले युवाहरूले केही गर्न सक्दैनन् भनेर गुमराहमा राख्नुबाहेक केही गरेनन्।

दोस्रो– इगोले टन्न भरिएका, आफ्नो शरीरिक र मानसिक अवस्थाबारे ख्याल नगर्ने, अरुले नै सम्झाउँदा पनि अटेर गरी कुर्सीमा टाँसिने वृद्ध नेताबाट अनुभव ग्रहण गरी सो अनुभवलाई देश परिवर्तनमा उपयोग गर्ने चुनौती पनि छ। यद्यपि ती वृद्ध नेताहरूसँग देशको विकास गर्ने अचुक मन्त्र नै त छैन। तर, यो–यो गर्दा यस्तो बिग्रिन्छ भन्नेचाहिँ पक्कै पनि अनुभव छ। किन भने विगत ४ दसकको तिनको अनुभव भनेको देश बिगार्नमै बितेको छ। यसले युवालाई नबिग्रने बाटोमा हिँडाउँछ। यी दुई चुनौतीले युवाको राजनीतिक यात्रालाई वारपार लगाउनेछ।

‘कोही न कोही पुरानो पोइ’ भनेझैँ पहिलेकै राजनीतिक अंक गणितको खेलमा समय गयो भने देशमा अकल्पनीय राजनीतिक संकट आउन सक्छ। ’बुढापाका र आराम विश्राम गर्नुपर्ने अवस्थाका नेताले देश बनाउँदैनन्। बनाउने युवाले नै हो।’ भन्ने आमजनताको भावना छ। त्यसैले पार्टीभन्दा माथि उठेर, व्यक्तिगत इगोभन्दा माथि उठेर देशको अवस्था परिवर्तनमा केन्द्रित हुनुपर्छ। देशको अवस्था परिवर्तनमा बोलेर लागेर तपाईंको व्यक्तिगत राजनीति सकिन्छ भने सकिन दिनुस्। त्यसैले तपाईंले त्यसलाई निराशा र दुःखमा परिणत हुन दिन पाउनुहुन्न।

काँग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलको बेइमानी, सत्तालिप्सा र खिचातानी कारण नै तपाईंलाई राजनीतिमा प्रवेश गर्न र छोटो समयमै लोभलाग्दो सफलता हासिल गर्न सहज भएको हो। तिनै राजनीतिक दलका नेताले गल्ती गर्ने र उल्टो बाटोमा हिँड्ने छुट तपाईंलाई छैन । विल्कुल छँदै छैन।
त्यसैले, देशको भलाइका लागि तपाईंको लामो राजनीतिक भविष्यको कामनासहित एक सुझाव दिन चाहन्छु ’यति धेरै अपमानित भएर सरकारमा बस्नु हुँदैन रवि जी,  अब पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ।’ (बाेहरा धनगढीका युवा व्यवासयी हुन्) दिनेश खबरबाट

  • २० माघ २०७९, शुक्रबार ०६:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU