परराष्ट्रमन्त्री राई भोलि श्रीलंका जाँदै
काठमाडौं: परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल भोलि श्रीलंका जाने भएकी छन्। श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा मन्त्री डा. विमला राई पौड्याल जाने भएकी हुन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रूपमा परराष्ट्रमन्त्रीलाई बोलाइको छ।
पौड्याल कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिको रूपमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चौकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका–मा सहभागी हुने कार्यक्रम छ।
यसैगरी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछ। परराष्ट्र मन्त्री २५ गते काठमाडौँ फर्किने कार्यक्रम छ। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया