सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पाकिस्तानको पेशावरमा शक्तिशाली विस्फोट ५९ को मृत्यु दर्जनौं घाइते

पाकिस्ताको पेशावरमा एक शक्तिशाली बम विस्फोटन हुँदा कम्तिमा ५९ जनाको मृत्यु भएको छ। घटनामा परेर १५० जनाभन्दा बढी मानिसहरू घाइते भएका छन्।

स्थानीय समय अनुसार सोमबार दिउँसो करिब १:३० बजेतिर मानिसहरू भरिभराउ एक मस्जिदमा उक्त विस्फोट भएको थियो।

मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन्। उत्तर पश्चिमी सहर पेशावरमा प्रहरी मुख्यालय रहेको र अन्य सरकारी भवनहरूसँगै उच्च सुरक्षा क्षेत्रको यो मस्जिदमा आत्मघाती कसरी प्रवेश गरे भन्ने कुरा स्पष्ट भएको छैन।

बम बिस्फोटपछि उक्त भवनको एउटा भाग ध्वस्त भएको छ। अधिकांश प्रहरी अधिकारीहरू भग्नावशेषमा पुरिएको समाचार संस्था एपीले जनाएको छ। घाइते भएका कैयौंलाई स्थानीय अस्पतालहरूमा लगिएको छ।

पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरी उपस्थित थिए।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउँसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो।

पेशावरको मुख्य सरकारी अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार मृत्यु हुनेको संख्या ५९ रहेको छ भने अन्य १५७ जना घाइते भएका छन्। केही गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए।

प्रहरी अधिकारी सिद्दिकी खानले एक जनाले पूजा गर्नेहरूका बीचमा आफूलाई राखेर विस्फोट गराएका थिए।

गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको बताएको छ।

तेहरिक-ए-तालिबान पाकिस्तान अर्थात टीटीपी भनेर चिनिने पाकिस्तानी तालिबानका कमाण्डर सरबकाफ मोहमन्दले ट्वीटरमार्फत आक्रमणको जिम्मेवारी लिएका हुन्।

यसैबीच सरबकाफको ट्वीटपछि टीटीपीका प्रवक्ता मोहम्मद खुरासानीले आफ्नो समूहको बम विष्फोट गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।

मस्जिद, सेमिनार र धार्मिकस्थललाई लक्षित गर्ने आफ्नो नीति नभएको भन्दै प्रवक्ता खुरासानीले त्यस्ता कार्यहरूमा भाग लिनेहरूलाई टीटीपीको नीति अन्तर्गत दण्डनीय कारबाही हुने बताए।

यसैबीच प्रधानमन्त्री शहबाज शरिफले घटनाको कडा शब्दमा निन्दा गरेका छन्।

एक विज्ञप्तिमार्फत उनले घटना गराउनेहरूको ‘इस्लामसँगको कुनै साइनो नहुने’ बताएका छन्। ‘पूरा देश आतङ्कवादको त्रासविरुद्ध उभिएको छ’, उनले भनेका छन्।

‘मानव त्रासदीको यो घटना अकल्पनीय छ। यो पाकिस्तानमाथिको आक्रमण भन्दा कम छैन’, प्रधानमन्त्री शाहबाज शरीफले भने।

उनले पेशावरमा घाइतेहरूलाई अस्पताल पुगेर भेट्नुका साथै बम विष्फोटमा संलग्नलाई कडा कारबाही गर्ने वाचा गरे। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरुको पीडा शब्दमा बयान गर्न नसकिने बताए ।

घटनामा परी मृत्यु भएका ३० प्रहरी अधिकारीको अन्त्येष्टिमा वरिष्ठ प्रहरी र सरकारी अधिकारी सहभागी भएका थिए।

बाँकी प्रहरी र सर्वसाधारणलाई गाड्ने व्यवस्था मिलाइएको छ। कफिनहरू पाकिस्तानी झण्डामा बेरिएका थिए। तिनीहरूको शव अन्त्येष्टिको लागि आफन्तहरूलाई हस्तान्तरण गरिएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा प्रहरी, सेना र बम निष्क्रिय पार्ने दलका सदस्यहरू उद्धारमा खटिएका छन्।
पाकिस्तानमा अधिकांश सुन्नी मुस्लिम छन्। नोभेम्बरदेखि पाकिस्तानी तालिबानले सरकारी सेनासँगको युद्धविराम समाप्त गरेसँगै उग्रवादी आक्रमणहरूमा बृद्धि भएको छ।

गत मार्चमा एउटा सिया मस्जिदमा भएको विस्फोटनमा ६४ जना मारिएका थिए।

सन् २०१४ मा सेनाका छोराछोरी पढ्ने विद्यालयमा भएको आक्रमणमा १५० जनाको ज्यान गएको थियो।

पछिल्लो घटनासँगै राजधानी ईश्लामावादमा सुरक्षा सतर्कता बढाइएको छ र उक्त सहर पस्ने र त्यहाँबाट निस्कने बिन्दुहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ। सेतोपाटीबाट

 

  • १७ माघ २०७९, मंगलवार ०६:०३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी
    ग्लोबल मिडिया कन्फ्रेन्स – २०२६ जापानको टोकियोमा सन्पन्न

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU