संसदलाई प्रभावकारी बनाउन पत्रकारको भूमिका अग्रणीः सभामुख
काठमाडौंः प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्ने भएकाले यसमा सञ्चार जगतलगायत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । सभामुख घिमिरेले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने विषयमा पनि आफू समझदारीमा नै अघि बढ्ने बताए ।
देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरूई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको सभामुख घिमिरेको भनाइ छ । सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरूलाई पनि समाधान गर्दै लैजाने बताए।अन्नपुर्णबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया