सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कञ्चनपुरका सबै क्रसर मापदण्ड विपरीत सञ्चालनमा

धनगढीः कञ्चनपुरका सबै क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेका पाइएको छ। जिल्लामा सञ्चालनमा रहेका १० वटा क्रसर  उद्योगहरुमा एकले पनि पूर्ण मापदण्डको पालना गरेका छैनन्।

जिल्लाका क्रसर उद्योगहरुमा गरिएको अनुगमनले पूर्ण मापदण्ड पालना नगरिएको पाइएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए। उनले भने, ‘अनुगमनका क्रममा क्रसर उद्योगले कुनै न कुनै मापदण्ड मिचेको पाइएको छ।’

गृह मन्त्रालयको निर्देशन पछि जिल्ला समन्वय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सहितको समूहले क्रसर उद्योगहरुको अनुगमन गरेको थियो। जिल्लामा सञ्चालनमा रहेका उद्योगहरुमध्ये अधिकांशले मापदण्ड मिचेर राजमार्ग, घना बस्ती तथा नदी नजिक सञ्चालन गरेको पाइएको छ। गृह मन्त्रालयको परिपत्र अनुसार क्रसर उद्योग सञ्चालनमा कडाइ गर्ने हो भने, कञ्चनपुरका सबै क्रसर बन्द गर्नुपर्ने बोहराले बताए।

 

जिल्लामा १३ क्रसर उद्योग दर्ता गरिएका छन्। चार वटा उद्योगलाई मापदण्ड पूरा नगरेको भन्दै केहि महिना अघि स्थानीय प्रशासनले बन्द गरेको थियो। सञ्चालनमा रहेका अन्य उद्योगहरुको कागजात जाँच तथा उद्योगको विस्तृत अध्ययन भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन्। मापदण्ड पूरा पालन नगरेका उद्योगलाई अनुगमन समितिको बैठकको निर्णयअनुसार कारवाहि हुने उनले बताए।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्ड २०७७ अनुसार बस्ती, मुख्य सडक, राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था, ठूला नदी, पुल, धार्मिकस्थल, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको पाँच सय मिटरदेखि दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्ने गराउने लगायतका कुनै कार्य गर्न नपाइने उल्लेख गरिएको छ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, आन्तरिक राजस्वका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुख र स्थानिय तहका प्रमुखलगायतको सहभागीता रहेको थियो। दिनेश खबरबाट

  • १३ माघ २०७९, शुक्रबार १०:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU