कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु
धनगढीः कैललाीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडा भित्रि सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो।
बिहीवार साँझ सु.प.प्र ०१००९ प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट चन्द घाइते भएकी थिइन्। उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले ठक्कर दिने मोटरसाइकलका चालक सुरेन्द्र भण्डारी घाइते भएका बताए। उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया