माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सो दलले जनाएको छ। पार्टी महासचिव देवप्रसाद गुरुङका अनुसार आजको बैठकमा केही समयपछि हुन गइरहेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा समेत छलफल हुनेछ।
माओवादी केन्द्रले पार्टी संगठन विस्तार र सरकारको नेतृत्वकर्ता दलको हैसियतले सरकारलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने जनाएको छ। माओवादी केन्द्रले अहिलेसम्म गरेको पार्टी एकताको विषय र भएका प्रगतिबारेमा समेत छलफल हुने महासचिवले जनाएका छन्।
सो दलले कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। समितिले विचार र सिद्धान्त मिल्ने दलसँग नियमित आन्तरिक छलफल गरिरहेको छ। सो बारेमा संयोजक महराले बैठकमा प्रगतिबारे जानकारी गराउने छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको सो दलले जनाएको छ। सोहीअनुसार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि सो दलले एकताको प्रयास थालेको छ। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया