दुई छिमेकीसँग कार्ड खेल्नु हुँदैनः एमाले अध्यक्ष ओली
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई छिमेकी देशसँग कार्ड खेल्न नहुने बताएका छन्।
एमाले परराष्ट्र मामीला विभागले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारत र चिनसंग कार्ड खेल्न नहुने बताएका हुन्।
ओलीले भने, ‘दुइ छिमेकी संग कार्ड खेल्ने होइन । सन्तुलीत, विश्वसनिय भरपर्दो, एउटाको हित अर्काको अहित गर्ने कार्य गर्नुहुँदैन । हामी असल छिमेकी हुन चाहन्छौं। कुभलो गर्दैनौं । उनीहरूका जायज चासो चिन्तालाई सम्बोधन गरेर अगाडी जान्छौं।’ नेपालको भूमी कसैकाविरुद्ध प्रयोग हुन नदिने ओलीले बताए।
ओलीले भने,‘कुनै प्रकारका सैनिक गतिविधि हुन दिदैँनौ। कसैले राखेपनि हाम्रो सार्वभौम सत्ताको अतिक्रमण हुन्छ। हाम्रो सार्वभौमसत्ता, स्वाधिनतामा सम्झौता गर्दैनौं । पारस्परिक लाभका आधारमा सम्बन्ध कायम गर्छौ। हामी विश्व शान्तिको पक्षमा छौँ। हामी मानवीय मुल्यको कुरालाई महत्व दिन्छौं । कुनैपनि हिसावले युद्धलाई महत्व दिदैँनौं।’ अन्नपुर्णबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया