एकीकृत समाजवादीले गर्योर सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बिहीबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत दिने निर्णय गरेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए।
कांग्रेसबाट सभामुख पदमा उम्मेद्वारी दिएकी इश्वरी न्यौपानेको समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन्।
सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे सभामुखमा भिड्दै छन्। घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। अन्नपुर्णबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया