सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

समयमै सक्ला विमान जाँचबुझ आयोगले काम ?

काठमाडौं : यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटना छानबिन गर्न गठित आयोगले काम सुरु गरेको छ। आइतबार बिहान १०ः५१ बजे जहाज दुर्घटना हुँदा एटीआरमा सवार ७२ जनाको नै ज्यान गएको थियो। घटनापश्चात् बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७४ बमोजिम छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन गरेको थियो।

 

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)को एनेक्स १३ ले पनि जहाज दुर्घटनापछि छानबिन आयोग गठनका लागि प्रावधान राखेको छ। जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् भने सदस्यहरूमा अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा, नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्रसाद बाँस्तोला र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ड‍यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

आयोग गठन लगत्तै सदस्य सचिवसमेत रहेका मन्त्रालयका सहसचिव लामिछाने पोखरा पुगेका थिए। आयोगको पहिलो प्राथमिकता भनेको उद्धार र शव व्यवस्थापन रहेको भन्दै लामिछानेले आइतबार नै सो सम्बन्ध सम्बन्धित निकायसँग छलफल गरिएको बताए। ‘हिजो पोखरा गएर उद्धार तथा शव व्यवस्थापनको समन्वय गर्ने, दुर्घटनास्थलको संरक्षण गर्ने र स्थानीयसँग छलफल गरियो,’ उनले अन्नपूर्णसँग भने। आयोगको पहिलो काम भनेको नै उद्धार र व्यवस्थापन भएको लामिछानेले दोहोर्‍याए। उद्धार र व्यवस्थापनमा स्थानीय नागरिक, प्रहरी प्रशासन र कर्मचारी सबैले सहयोग गरिरहेको उनले बताए।

यसपछि आयोगको ५ सदस्यीय टोली दुर्घटनास्थलको स्थलगत निरीक्षणका लागि मंगलबार पोखरा जाने उनले जानकारी दिए। आयोगले प्रमाण संकलनबाट आफ्नो काम सुरु गरेको छ। जाँचबुझका लागि आवश्यक जहाजका यन्त्रहरू सुरक्षित गरिसकिएको उनले बताए।

सोमबार नै ककपिट भ्वाइस रेकडर (सीभीआर), फ्लाइट डाटा रेकडर (एफडीआर), ब्ल्याक बक्स भेटिसकेको छ भने त्यसमा भएको सूचनालाई केलाउने काम आयोगले गर्ने छ। यी संयन्त्रले जहाज दुर्घटना अघि के भएको थियो, जहाजको प्राविधिक पक्षमा समस्या थियो कि थिएन, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँगको जहाजका कु्र मेम्बरको कुराकानी कस्तो थियो, जस्ता जानकारी पाउन सकिन्छ। प्रणालीगत रूपमा यिनीहरूको अध्ययन आयोगले गर्ने बताए।

यसपछि डकुमेन्ट संकलनको काम गरिने सदस्य सचिव लामिछानेले बताए। ‘विमान कम्पनी, नियामक निकाय, सञ्चालक कम्पनीबाट प्राविधिक डकुमेन्ट संकलन गर्नुपर्ने हुन्छ,’ उनले भने। सरकारले आयोग गठनसँगै ४५ दिनभित्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ। दुर्घटनाका विविध पक्षलाई केलाउनै पर्ने हुँदा समयसीमाभन्दा पनि निष्पक्ष छानबिन आयोगले जोड दिने बताइएको छ।

‘आयोग गठन गरेपछि एउटा समय तोकिदिऊ भन्ने भएर समय ताकिएको हो, यस्तो बृहत् अनुसन्धानमा टाइम फ्याक्टरले महत्व राख्दैन’ भन्दै लामिछानेले थपे, ‘जबरजस्ती सक्नेभन्दा पनि समय लाग्छ, कुन इक्युपमेन्ट जाँचका लागि विदेश पठाउन पर्ने हुन्छ, कति समय लाग्छ, कसरी भन्न सकिन्छ ?’ हाम्रा जाँचबुझका प्रक्रियाहरू, आइकाओको मापदण्डहरू मान्दै अनुसन्धान गर्नुपर्ने हुँदा समय लाग्ने लामिछानेको भनाइ छ। आयोगले आन्तरिक तथा अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै निष्पक्षीय अनुसन्धान गर्ने र सर्वमान्य प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ।

एटीआरको प्राविधिक परीक्षण

यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना भएपछि मन्त्रिपरिषद्को निर्देशनअनुसार नेपालमा सञ्चालित एटीआर वायुयानहरूको विस्तृत प्राविधिक जाँच सम्पन्न भएको छ। एटीआर–४२ र एटीआर–७२ गरी २१ वटा जहाजको स्थालगत प्राविधिक जाँच हुँदा समस्या नदेखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘ती जहाजहरूको परीक्षणको क्रममा कुनै प्राविधिक त्रुटि फेला नपरेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरूले यतीको ५ र बुद्धका १६ जहाजको प्राविधिक निरीक्षण गरेका थिए। यतीसँग एटीआर–७२ जहाज र बुद्धसँग एटीआर–४२ र एटीआर–७२ जहाज सञ्चालित छन्। अन्नपुर्णबाट

  • ३ माघ २०७९, मंगलवार १०:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU