सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि (मङ्गलबार) सम्मका लागि स्थगित भएको छ। आज सोमबार राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबस्ने प्रदेश सभाको सचिवालयले जानकारी दिएको छ।
मङ्गलबार बिहान १० बजे बैठक बस्ने गरेर बैठक स्थगित भएको सचिवालयले जनाएको छ। लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज सोमबार तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया