बिकासका लागी युवाले संचालन गरे निशुल्क महोत्सब
डीबी विष्ट कार्तीक १५ बझाङ । सुर्मा गाँउपालीकाका युवाहरुले गाँउपालीकामा पर्यटन भित्र्याउने उदेश्यले निशुल्क महोत्सब संचालन गरेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरु बोलाएर निशुल्क महोत्शब सन्चालन गरेका हुन् ।

सुर्मा गाँउपालीका भित्र रहेको सुर्मा सरोबर ताल, तातोपानी, सुर्मा गाँउपालीकाको धार्मीक मेला विरीजात, घाँसे मैदानहरुको प्रचार प्रशार गर्ने उदेश्यले राष्ट्रिय स्तरका कलाकारहरु बोलाई निशुल्क महोत्सब संचालन गरीएको स्थानीय बासिन्दा दिनेश बहादुर बोहराले बताउनु भयो ।
युनीक मोसन युवा समाजको आयोजनामा मोहत्सब १३ गते देखी संचालन भएको बोहराको भनाई छ ।

महोत्सबमा राष्ट्रिय कलाकार दोहोरी गायीका राधिका हमाल, दोहोरी गायक मनिस खड्का, डेउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) रहेका छन् । यस्तै टेली श्रीङ्खला मेरी बास्सैका हाँस्य कलाकार जानुका पौडेल, निर्मली खड्का को समेत महोत्सबमा प्रस्तुती रहेको थियो । महोत्सबमा मिस्टर आर.जे.र्यापर र डिके राउत डान्सर लाई समेत आमन्त्रण गरीएको युनीक मोसन युवा समाज सुर्मा गाँउपालीका ३ का अध्यक्ष धनराम बोहराले बताउनु भयो ।
अन्तराष्ट्रीय ब्यापारको अभियान, पर्यटकीय क्षेत्र सुर्मा हाम्रो पहिचान भन्ने मुल नाराका साथ कार्तीक १३ गते देखी संचालन भएको उक्त महोत्सब १६ गते सम्म संचालन हुने बोहराले बताउनु भयो । सुर्मा गाँउपालीका वडा नम्बर ३ मा संचालन भएको उक्त महोत्सब सम्पुर्ण बझाङ जिल्ला बासीहरुले निशुल्क अवलोकन गर्ने मौका पाएका छन् । महोत्सब भने पछी शुल्क तिर्नु पर्ने भए पनी सुर्मा गाँउपालीकाका युवाहरुले निशुल्क महोत्सब संचालन गरेको देख्दा आफ्ुहरुलाई निकै खुःसी लागेको यहाँका बुढापाकाहरुले बताएका छन् ।

महोत्सबमा कलाकारको माद्यम बाट लोभ हुन थालेका अन्न बालीहरुको पनी जगेर्न गर्ने उदेश्य रहेको युवा समावका अध्यक्ष बोहराले बताउनु भएको छ । केही बर्ष पहीला सुर्मा गाँउपालीकाको मुख्य बालीका रुपमा रहेको कोदो, मास्रो,फाँपर लगायतका बाली लोभ भएका कारण यसको जगेर्ना गर्नका लागी पनी महोत्सब संचालन गरीएको उहाँको भनाई छ ।

झण्डै १० लाखको लागतमा महोत्सब संचालन गरीएको बोहराले बताउनु भयो । स्थानीय निकाय बाट कुनै पनी सहयोग नभएको युवा समाजका सदस्यहरुले बताएका छन् । पटक पटक सुर्मा गाँउपालीका संग आग्रह गर्दा समेत जनप्रतिनीधीहरुले सहयोग नगरेको यहाँका युवाहरुले बताएका छन् । महोत्सब संचालन गर्दा लाग्ने रकम मध्ये १ लाख ५० हजार ब्यापारीहरु बाट चन्दा संकलन भएको र बाँकी युनीक मोसन युवा समाजका ३० जना सदस्यहरुले प्रति ब्यक्ती ५० हजार चन्दा लगाएर महोत्सब सुरु गरीएको बताएका छन् ।

यता सुर्मा गाँउँपालीकाका अध्यक्ष नर बहादुर बोहराले भने गाँउपालीका बाट २ लाख रुपैया कार्यक्रमका लागी छुट्याएको बताएका छन् । तर यता युनीक मोसन युवा समाजका सदस्य दिनेश धामीले भने गाँउपालीकाले आफुहरुलाई एक पैशा पनी नछुट्याएको र कुनै पनी सहयोग नगरेको बताएका छन् । गाँउपालीकाले नै यस्ता कार्यक्रमहरु संचालन गर्नुको सट्टा उल्टै युवाहरुले गरेको कार्यक्रममा सहयोग नगर्नु आफुहरुका लागी दुर्भाग्य रहेको बताएका छन् । र बोहराका अनुसार आफुहरुको लागत दश लाख लाग्ने तर गाँउपालीकाले गर्ने भनेको २ लाख रुपैयाले केही पनी नहुने भएका कारण उक्त सहयोग आफुहरुले नलिने बताएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया