पुनर्वासमा मनाईयो बृहत माघि मिलन कार्यक्रम
धनबहादुर बिक पुनर्वास । थारू पहिरन थारूनके पहिचान खोजिकर्ता हमार अभियान मुल नारा सहित माघि मिलन कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ । थारू सम्वत २६४७ समेत रहेको माघि मिलन कार्यक्रम को जानकारी दिंदै पुनर्वास नगरपालिका १० विकासबस्ति स्थित श्री अलङ्कार आधारभुत बिद्यालय को प्राङ्गणमा उक्त माघि मिलन कार्यक्रम को आयोजना गरिएको थियो ।

वडा अध्यक्ष सुखदेव राना को सभापतित्वमा भएको कार्यक्रम मा नेपाल सरकार का पुर्व खानेपानी मन्त्री बिना मगर प्रमुख अतिथि रहनुभएको थियो भने बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा , उप प्रमुख भुलिया कुमारी राना रहनु भएको थियो । माघिको शुभकामना दिंदै पुर्व खानेपानी मन्त्री एबं नेकपा माओवादी नेतृ बिना मगरले संस्कृति जोगाउन थारू समुदायले आयोजना गरेको कार्यक्रमले थारू समुदायको संस्कृति र परम्परालाई जोगाउन टेवा पुगेको बताउनुभयो ।

नयाँ बर्ष र नयाँ जिवनको सुरुवात को रूपमा यो माघि पर्वले महत्त्वपूर्ण सन्देश दिनेगर्छ र माघि मिलन कार्यक्रम ले कला संस्कृति लाई अझ सशक्त रूपमा कायम राख्दै सामाजिक सदभावलाई बलियो बनाउने गर्छ पुर्व मन्त्री मगरले जोड दिनुभयो । कार्यक्रममा नगरप्रमुख तोया प्रसाद शर्माले थारू समुदायको महत्त्वपूर्ण बार्षिक चाड माघि मिलन कार्यक्रम ले एकआपसमा खुसियाली , उमङ्ग छाउने तथा एकआपसमा सद्भाव भाईचाराको भावनात्मक सम्बन्धलाई बलियो बनाउने पर्वको रूपमा लिएको बताउनुभयो ।

सो अवसरमा नगर उप प्रमुख भुलिया कुमारी रानालेमाघि मिलन कार्यक्रममा शुभकामना व्यक्त गर्दै पुनर्वास नगरपालिका विभिन्न जातजाति बसोबास गर्ने क्षेत्रको रूपमा पहिचान बोकेको नगरपालिका हो । बर्षैभरी विभिन्न जातजाति ले फरकफरक संस्कारमा पर्व मनाउने गरिन्छ र यसै कारणले सिङ्गो पुनर्वासको पहिचान हुनसकेको छ ।
संस्कृति मनाउन पनि आवस्यक नै छ त्यसको साथसाथै थारू समुदायका बालबालिकालाई शिक्षा मा पनि जोड दिनुपर्छ उप प्रमुख रानाले जोड दिनुभयो । सो अवसरमा राना तथा चौधरी पोषाकमा सज्जियका युवायुवती ले थारू संस्कृति झल्काउने खालको नृत्य प्रस्तुत गरेका थिए भने अतिथि हरूलाई स्वागतमा थारू संस्कृति का पकवान हरू समेत पेश गरिएको थियोे । कार्यक्रममा पुनर्वास नगरपालिका का विभिन्न वडाका अध्यक्ष हरू, विभिन्न वडाका भलमनसाह , शिक्षक बिध्यार्थि , समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम को सञ्चालन वडा सचिव कृष्णप्रसाद बडुले गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया