सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

श्रीशुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न

धनबहादुर बिक, पुनर्वास । पुनर्वास शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेड पुनर्वास ३ आई वी आर डीको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन पुनर्वास २ मोतिबस्तिको सहिद भवनमा सम्पन्न भएको छ ।

साधारणसभा बाट पदम प्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ समितिको अध्यक्षमा पदम प्रसाद शर्मा उपाध्यक्षमा शुसिला खत्री सचिव विष्णु राज घिमिरे सदस्यहरूमा यज्ञ व कोइराला, गंगा लामा तामाङ, शालिकराम सापकोटा धोकेलाल राना, दिपा सार्की, बसन्ति बडु जोशी, मनमाया तामाङ, ललित चन्द, दान सिंह थापा रहेका छन भने एक जना पछि थपिने जनाईएको छ ।

साधारणसभा ले शमशेर बहादुर तामाङ को संयोजक मा ३ सदस्यीय लेखा समिति र सालिकराम सापकोटा को संयोजकत्वमा ३ सदस्यीय ऋण उप समिति चयन गरेको छ । त्यसैगरी चन्द्र प्रसाद पोख्रेलको संयोजक मा शिक्षा उप समिति चयन गरेको छ ।

यसैबीच पुनर्वास नगरपालिका २ मा रहेको मोति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेड दुबै सहकारी को समायोजन भएको छ । दुईवटै सहकारी को एउटै उदेश्य रहेको सहकारी बिच समायोजन भएको अध्यक्ष शर्माले बताएका छन ।

७९६ सेयर सदस्य शुभेच्छा पशुपालन सहकारी र ७१ सेयर सदस्य मोति दुग्ध सहकारी गरि एकीकरण भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष पदम प्रसाद शर्माले आर्थिक बर्ष ०७८र७९ को १० करोड १५ लाख १५ हजार ६५१ रूपैया ८८ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका थिए संस्थाका अध्यक्ष पदम प्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य माननिय वीर बहादुर थापा रहनुभएको थियो ।

कार्यक्रम का बिशिस्ट अतिथि रजिस्ट्रार कार्यालय धनगढी का प्रशिक्षक देवराज पन्त , प्रोजेक्ट प्रमुख राजकुमार कटुवाल , पुनर्वास नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्बरबहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर तामाङ, समाजसेवी रामचन्द्र नेपाल लगायत रहेका थिए।

कार्यक्रममा दुईवटै सहकारी बिच मर्ज गरिएकोमा शुभकामना व्यक्त गर्दै प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापाले विपन्न समुदाय संग प्रत्यक्ष आर्थिक उनणनति र समृद्धिका बिषयमा काम गर्ने सहकारी विकासका लागि आफुले सक्दो पहल गर्ने जनाउनु भयो ।

सो अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शर्माले सबै शेयर धनि सदस्यहरुलाई उत्पादनमा लाग्न अनुरोध गर्न गरेका छन । तरकारी, फलफुल, खाद्यान्नबाली, दलहन, नगदेवाली संस्थाबाट ऋण लिएर घरेलु उद्योग साना कुटिर उद्योग जस्तै सालको पातको दुना टपरी डोको, डाला, नाम्ला, झोला, ढकिया, औलीसोको कुचो, थाकलको कुचो, कपडाको मिनी ब्याग, उनीको स्वीटर, टोपी कपडा सिलाई सेन्टर, दालमट, नमकिन उत्पादन छुर्पी, मिठाई, गुदपाक, खुवा, शैलुन पसल, केराको परिकार, आपको अचार, अमलाको अचार, आदि स्वरोजगारका क्षेत्रमा काम गर्ने सेयर सदस्यलाई संस्थाले लगानी संगै प्रोत्साहन गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

संस्था का उपाध्यक्ष सुशीला खत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन संस्था का सचिव बिष्णुराज घिमिरेले गरेका थिए ।

  • २२ पुष २०७९, शुक्रबार १४:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU