सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिममा २७ पुससम्म मुख्यमन्त्री दाबीको म्याद

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी गर्न पुस २७ गतेसम्मको समय सीमा तोकिएको छ। प्रदेश प्रमुख देवराज जोशीले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ (१) बमोजिम कुनै पनि दलको बहुमत नपुगेकाले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर बहुमत पुगाउन सक्ने प्रदेशसभा सदस्यलाई पुस २७ गते बुधबार बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र मुख्यमन्त्रीको चयन भइसक्नुपर्ने संवैधानिक प्रावधान छ। निर्वाचन आयोगले पुस २ गते प्रदेश प्रमुखलाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको थियो। ३० दिनको समय सीमा सकिन ५ दिन अगावै प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, जना, नेकपा (माओवादी केन्द्र)का ११ जना, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा (एकीकृत समाजवादी)का ४ जना, राप्रपा र स्वतन्त्रका एक-एक जना सदस्य छन्।

सुदूरपश्चिममा सरकार बनाउनका लागि अहिले सकस भइरहेको छ। केन्द्रीय सत्ता गठबन्धनअनुसार प्रदेशमा बहुमत पुगिरहेको छैन। केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई बाहिरबाट समर्थन गर्ने भने पनि, सुदूरपश्चिममा सरकार निर्माणका लागि निर्णायक रहेको उसले मुख्यमन्त्री दाबी गरेको छ। मुख्यमन्त्री नदिए बाहिरबाट पनि समर्थन नगर्ने उन्मुक्तिको अडानले सरकार गठनमा सकस भइरहेको हो।

नागरिक उन्मुक्तिको साथ नपाइने भएपछि अहिलेको केन्द्रीय गठबन्धन अनुसार माओवादी ११, नेकपा एमाले १० गरी २१ प्रदेशसभा सदस्य मात्रै भइरहेको छ। जबकी बहुमतका लागि २७ जना प्रदेशसभा सदस्यको आवश्यकता पर्छ।अन्नपुर्णबाट

  • २१ पुष २०७९, बिहीबार ०६:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU