सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गर्न माग

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले पञ्चायतदेखि अहिलेसम्मका सबैका प्रधानमन्त्रीहरुको सम्पति छानविन गर्न माग गरेका छन्। सेवा निवृत्त शिक्षक समाजले बुधबार भक्तपुरमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले पैसाकै लागि राजनीति गर्नेहरुलाई समाप्त पार्नुपर्ने बताए।

 

उनले आफूहरु सरकारमा नजाने पनि प्रष्ट पारे। केन्द्रमा मात्रै नभइ प्रदेश सरकारमा पनि नजाने सुवालले बताए। पार्टीबाट संघीय संसदमा सुवाल एक्लै छन्। पार्टीबाट बागमति प्रदेशमा भने तीन जना सांसदहरु छन्। सुरेन्द्रराज गोसाई प्रत्यक्ष र सृजना सैंजू तथा गीता काफ्ले समानुपातिक गरी बागमति प्रदेशमा पार्टीबाट तीन जना सांसद छन्। त्यसो भए पनि बागमति प्रदेशमा पनि प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए।

निर्वाचनमा जनतासँग सरकारमा नगई प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाइ छ। ठूला दलहरुले चुनाव अगाडि एउटा गठबन्धन बनाई प्रतिवद्धता जारी गर्ने र चुनावपछि जनताले त्यही प्रतिवद्धतालाई कदर गरी दिएको मतको अवज्ञा गरी अर्को गठबन्धनको सरकार बनाउनु सरासर राजनीतिक बेइमानी भएको उनको आरोप छ। उनले ठूला दलहरुले जनता भनेको केही पनि होइन, हामी जे गर्छौं जनताले स्वीकार्छन् भन्ने दम्भका साथ काम गरिरहेको आरोप लगाए।

कार्यक्रममा बागमति प्रदेशका सांसदहरु गोसाई, सैंजू र काफ्ले तीनै जनाले प्रतिवद्धता एउटा गरेर चुनाव जित्ने अनि चुनाव जितेपछि अर्को गठबन्धन गएर सतागठबन्धन बनाउनु राजनीतिक अपराध भएको बताए। त्यस्ता अपराधीलाई जनताले कारबाही गर्नुपर्ने  उनीहरुको भनाइ छ। उनीहरुले संसदमा जनताको पक्षमा निरन्तर आवाज बुलन्द गरिरहने प्रतिवद्धता व्यक्त गरे। पार्टी घोषणापत्र अनुसार पार्टीको नीति निर्देशन अनुसार काम गर्ने पनि जनाए।अन्नपुर्णबाट

 

  • १४ पुष २०७९, बिहीबार ०५:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU