सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिमको मुख्यमन्त्री बन्न आ–आफ्नै दाबी

 धनगढीः कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनबारे चर्चा सुरु भएको छ।  केन्द्रमा राजनीतिक नयाँ समीकरण भएसँगै सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीका नेताहरू मुख्यमन्त्री बन्ने लाइनमा देखिएका हुन्। प्रदेश सभामा दोस्रो ठुलो दल बनेको नेकपा माओवादी केन्द्र र तेस्रो दल बनेको नेकपा एमालेका नेताहरूले मुख्यमन्त्रीमा आ–आफ्नै दाबी गरिरहेका छन्।

 

माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी यसअघिकै गठबन्धनमा पनि थियो। अहिले पनि कायमै रहेको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सव बताउँछन्। ‘सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा माओवादी नै ठुलो दल भएकाले मुख्यमन्त्रीका लागि हाम्रो दाबी रहन्छ नै तर केन्द्रबाटै प्रदेशहरुको समीकरण कस्तो बन्छ सोहिअनुरुप पनि अगाडी बढ्नुपर्ने अवस्था आउन सक्छ।’

प्रदेश सभामा निर्वाचित माओवादीका ११ सासंदमध्ये धेरैले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन्। प्रदेशमा नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी २९ प्रदेश सभा सदस्य छन्। प्रदेश सरकारको आगामी नेतृत्व माओवादी वा एमाले कसले गर्ला भन्ने विषयमा चासो बढेको छ। गठबन्धनको शीर्ष तहमा हुने समझदारी र भागबण्डाका आधारमा आगामी नेतृत्वबारे अन्तिम टुंगो लाग्ने भए पनि दुवै दलका नेताहरुले मुख्यमन्त्रीका लागि आन्तरिक कसरत गरिरहेका हुन्।

 

एमालेबाट राजेन्द्रसिंह रावल, सन्तोष शर्मा थापा र धर्मराज पाठक तथा माओवादीबाट खगराज भट्ट र अक्कल रावल मुख्यमन्त्रीका दाबेदार रहेको दुबै पार्टीभित्र चर्चा छ। एमालेको दाबी मुख्यमन्त्रीमा भएको नेकपा एमाले कैलालीका निमिक्त अध्यक्ष दुर्गा जोशीले बताए। ‘यो विषयलाई सहमति गरेर अन्तिम रुप दिइनेछ। हामीले भन्दा केन्द्रबाटै यसको छिनोफानो हुने भएकाले एमाले वा माओवादी अहिले नै ठोकुवा गरेर भन्न सकिदैँन।’ उनले भने।

 

माओवादीबाट सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका दाबेदार छन्। गठबन्धन भएपनि प्रदेशमा एमालेभन्दा माओवादी ठुलो पार्टी भएकाले माओवादीले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको हो। एमालेले भने पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावललाई मुख्यमन्त्रीका लागि अघि सारेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ। एमाले र माओवादी मात्र मिल्दा बहुमत पुग्दैन्। नागरिक उन्मुक्ति र राप्रपाले समर्थन गर्ने भएकाले नयाँ गठबन्धनको पक्षमा २९ जना प्रदेशसभा सदस्य हुनेछन्। दिनेश खबरबाट

 

  • १३ पुष २०७९, बुधबार ०८:१२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU