सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिमको राजनीतिमा तरङ्ग

 धनगढीः केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि २७ सांसद आवश्यक पर्नेमा आइतबार भएको नयाँ सत्ता समीकरणअनुसार २९ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकार गठनका लागि भने निर्णायक देखिएको छ।

 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नयाँ समीकरणले नयाँ सरकार सहज बन्ने देखिएको छ। सरकार गठनका लागि २७ सांसद चाहिनेमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्रबाट १ सांसद छन्। नयाँ समीकरणअनुसार सुदूरपश्चिममा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरी २९ हुन्छ। यही अंक गणितका आधारमा नयाँ सरकार बन्ने देखिएको हो।

नयाँ समीकरणअनुसार नागरिक उन्मुक्ति प्रदेश सरकार गठनका लागि निर्णायक देखिएको छ। प्रदेश सरकार निर्माणका लागि २७ सांसद आवश्यक पर्छ। ७ वटा सांसद नागरिक उन्मुक्तिसँग छन्। केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै प्रदेशमा एमाले, एकिकृत समाजवादी, माओवादी, राप्रपा, नागरिक उन्मुक्ति मिल्दा सहज बहुमत देखिएको छ। यही समीकरण कायम रहे प्रदेशको सभामुख र उपसभामुख चयन गरिनेछ।

 

संविधानको धारा १८३ ले अन्तिम मत परिणाम सार्वजनिक भएको २० दिनभित्रमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने र धारा १८२ मा प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशसभाले सभामुख र उपसभामुख पाउनेछन्।

 

आफ्नो प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्न प्रदेश प्रमुख स्वतन्त्र रहे पनि सम्भवतः संघीय सरकार कुन–कुन दलबीचको गठबन्धनमा बन्छ भन्ने आधारमै प्रदेश सरकार बन्ने आकलनले हुन सक्छ, अहिलेसम्म प्रदेश प्रमुखले प्रदेशसभाका दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छैनन्। अब संघीय सरकारको नेतृत्व र गठबन्धन टुंगो लागिसकेकाले त्यसका लागि बाटो खुलेको हो।

 

नयाँ गठबन्धनकै बहुमत रहेकाले मुख्यमन्त्रीको नियुक्ति पनि तिनै दलहरूबीचको समीकरणबाट बन्ने देखिएको छ। नयाँ सत्ता समीकरण बनेपछि सम्भवतः प्रदेश प्रमुख पनि परिवर्तन हुनेछन। प्रदेशमा सरकारको प्रतिनिधिका रूपमा पाँच वर्षका लागि नियुक्त हुने प्रदेश प्रमुखलाई त्यसअघि नै राष्ट्रपतिले पदमुक्त गर्न सक्ने प्रावधान संविधानको धारा १६३ मा छ। यसअघि पनि संघीय सरकारमा नेतृत्व परिवर्तन भएसँगै आफ्नो कार्यकाल पूरा नगरी प्रदेश प्रमुख पदमुक्त भएका थिए। अहिले नेपाली काँग्रेसबाट सुदूरपश्चिम प्रदेश प्रमुखको रुपमा देवराज जोशी छन्। दिनेश खबरबाट

 

  • १२ पुष २०७९, मंगलवार ०७:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU