प्रदेशमा भ्रष्टाचार नियन्त्रण र जनताका पक्षमा ससक्त भुमिका निर्वाह गर्ने प्रतिवद्धता ‘भिडियो सहित’ "जनतासँग जनप्रतिनिधि चुनावी अभियान सम्पन्न "
धनगढी । एफएमडिसी, विकास र सामाजिक परिवर्तनका लागि सञ्चार धनगढीले स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाइ लक्षित सञ्चालन गरेको चुनावी अभियान सकिएको छ ।

एफएमडिसी कैलालीले स्थानीय तहको निर्वाचनका बेला धनगढी उपमहानगरपालिकाका प्रत्यासी मेयरहरूलाइ राखे चुनावी बहशका रूपमा चुनावी अभियान शुरू गरेको थियो । कैलाली कञ्चनपुरका निर्वाचन क्षेत्रबाट विजयी विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवारहरूलाइ राखेर चुनावी बहशबाट चुनावी अभियान शुरू गरेको थियो ।

पुष ११ गते सोमबारका दिन कैलाली, डोटी र डडेल्धुराका प्रदेश सभाका लागि विजयी प्रतिनिधिहरू बीच छलफल गरेर चुनावी अभियान यस वर्षका लागि सम्पन्न गरेको छ ।

यो अभियानको अन्तिम कार्यक्रमका रूपमा आयोजना गरिएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रदेश सभाका लागि निर्वाचित नेपाली काँग्रेसका प्रकाश बम, डोटीबाट प्रदेश सभाका लागि निर्वाचित नेकपा एमालेका चक्रबहादुर मल्ल, डडेल्धुराबाट प्रदेश सभाका लागि स्वतन्त्र रूपमा निर्वाचित डाक्टर तारा जोशी र नेकपा माओवादी केन्द्रका समानूपातिक तर्फबाट जानकी देवी कुँवर बीच सम्बाद भएको थियो ।

सम्वादमा सहभागिहरूले प्रदेश सभामा भ्रष्टाचार नियन्त्रण र जनताका पक्षमा बलियो रूपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरेका छन भने नागरिक समाजका प्रमोद पाठक, कैलाश दाहाल, चक्र बिक, कौशिला चौधरी र निर्मला बागचन्दले जिज्ञासा राख्नु भएको थियो ।

खास गरी प्रदेश सभामा उनीहरूको भुमिका जनता र सुशासनका सवालमा बलियो बनोस भन्ने उद्देश्यले आयोजित चुनावी अभियान सञ्चालन गरिएको थियो । न्युज नेपाल टेलिभिजन, रेडियो एक्टिभ एफएम धनगढी, रेडियो प्रभू एफएम झलारी र नेपाल सन्दर्भ युटुव च्यानलबाट प्रत्येक्ष प्रसारण भएको थियो ।

चुनावी अभियानको सम्वाद कार्यक्रमको प्रस्तोता बरिष्ठ पत्रकार उमीद बागचन्दले गर्नु भएको थियो भने प्राविधिक रूपमा न्युज नेपाल टेलिभिजनको निखिल आचार्यको टिमले सहयोग गरेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया