अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई
काठमाडौंः नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । अमेरिकी राजदूत डिन आर थम्पसनले ट्वीटरमार्फत सोमबार प्रचण्डलाई बधाई दिएका हुन् ।
उनले लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका तत्पर रहेको बताएका छन् । नेपाल र अमेरिका बीचको लामो साझेदारी अझ सुदृढ गर्नुपर्ने अमेरिकी राजदूत डिन आर थम्पसनले बताए । अन्नपुर्णबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया