दलितले छोएको पानी नचल्ने ठाँउमाः दलीतसंगै दशैको टिका र खाना "अहिले पनि रुढीबादी परम्परा कायमै छ । "
डीबी विष्ट कात्तीक ५ बझाङ । साईपाल गाँउपालीका पछीको विकट गाँउपालीकाका रुपमा चिनीने सुर्मा गाँउपालीकामा अहिले पनी रुढीबादी परम्परा कायमै छ । दलीतले छाएको पानी नचल्ने, दलीतहरुले मन्दीर भित्र बस्न नपाउने गैरदलीतहरुको घरको अगन सम्म पाईला टिकाउन नपाउने परम्मपरा अहिले पनी कायमै छ ।
दलीतले गैर दलीतको घर छुदा अनीस्ट हुने गाँउमा नराम्रो हुने गैर दलीतहरुले दलीतको शरीरमा छाईएको खण्डमा गैर दलीतहरुले घर भित्र बस्दा न्ुहाएर मात्रै पस्ने र गाईको गहुँत(पिसाब) शरीरमा छर्केर र खाए (पिए) पछी मात्रै चोखो भएर घर भित्र बस्ने प्रचलन अहिले पनी सुर्मा गाँउपालीका लगाएत बझाङका ग्रामीण बस्तिहरुमा कायमै रहेको छ । यस रुढी बादी परम्पराको अन्त्य गर्नका लागी सुर्मा गाँउपालीकाकी शान्ति बोहरा पुजाराले भने यस बर्षको दशै दलीत बस्तिमा नै मनाएकी छन् । सुर्मा गाँएपालीका वडा नम्बर ३ मा रहेको गैरी गाँउको दलीत बस्तिमा गएर पुजाराले दलितहरु संगै दशैको टिका र जमरा लगाएरु मनाउनुका साथै खानपीन समेत दलित बस्तिमा मनाएको स्थानीय बासिन्दा करन दमाईले बताउनु भएको छ ।

समाज परिवर्तन गर्नका लागी भाषण गरेर भन्दा आफु बाट नै परिवर्तन गरे मात्रै सम्भव हुने भन्दै आफुुले दलीत बस्तिमा दशै मनाएको पुजाराको भनाई छ । विगतका बर्षहरु भन्दा यस बर्ष को दशै निकै रमाईलो आफुलाई लागेको स्थानीय संगीता दमाईले बताउनु भयो । सुर्मा गाँउपालीकाका कुनै पनी गैरदलीतहरुले अहिले सम्म हाम्रो घरको आगन सम्म पाईला टेकाएका थिएनन् । दशैको दिनमा नै शान्ति बोहरा पुजाराले घर भित्रै बसेर टिका जमारा लगाउनका साथै हामीहरुले पकाएको खाना समेत खानु भयो । हामीलाई पुजारले गरेको योृ कार्यले थप हौसला समेत मिलेको छ । छुवा छुत गर्दा के कस्तो अनिष्ट पो हुन्छ भनेर डर लाग्थ्यो तर केही हुदो रहेन छ खाली यो रुढीबादी परम्परा मात्रै रहेछ । हामीलाई थप खुःसी लाग्यो । यो समाजमा अहिले पनी दलीत ले दलीतलाई समेत छुवा छुत गर्ने चलन रहेको छ स्थानीय बासिन्दा दिपक बहादुर दमाइृले भन्नु हामीहरुले नै परिर्वतन गर्न सकीदो रहेछ । छुवाछुत अन्त्यका लागी गैरदलीतलाई दोष दिनु भन्दा दलीतहरु विच हुने छुवाछुत अन्त्य गर्न जरुरी रहेको उहाँको भनाई छ ।
पुजार परिवार भएर पनी दलीत बस्तिमा दशै को टीका लगाउनु हाम्रो पकाएको खाना खानु हाम्रो हातको पानी खानु हाम्रा लागी ठुलो उपलब्धीको कुरा हो । यसले हामीलाई थप आत्म बल पुगेको छ ।
सुर्मा गाँउपालीकाका गाँउहरुमा अहिले पनी लुहारले छोएको पानी दमाईले बचाउदैनन् । तर अब देखी आफुहरुले यसको अन्त्य गर्ने यहाँका दमाई परिवारको भनाई छ ।
शान्ति बोहरा पुजाराले भने समाज परिवर्तन गर्नका लागी अब समाज सेवि र राजनीतीक दलका नेता कार्यकर्ता र अहिलृका जनप्रतिनीधीहरुले लाग्नु जरुरी रहेको बताएकी छन् । पुजारले दलीत बस्तिमा दशै मनाउदा सुर्मा गाँउपालीकाका केही गैरदलीतहरुले केही बुढापाकाहरुले भने विरोध गरेकार पुजारको हातको समेत पानी नखाने भन्ने गरेको शान्ति बोहरा पुजाराले बताउनु भएको छ । पुजाराको माईती घर सुर्मा गाँउपालीका वाड नम्बर १ लमण्ड र पोईली घर सुर्मा गाँउपालीका वडा नम्बर ४ ठकुन्डाडा हो । पुजारा एकल महिला पनी हुन् । केही समय अघि मात्रै हलो जोत्न सफल भएकी पुजार नेपाल महिला संघीकी जिल्ला अध्यक्ष, नेपाली काँग्रेश जिल्ला कार्य समीतीकी सदस्य पनी हुन् । लामो समय शिक्षीका बनेर समाज सेवा गर्दै आएकी पुजार पछील्लो समयमा शिक्षा पेशा छोडेर समाजसेवामा लाग्नु भएको
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया