सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नगरपालीका हो की नहरपालीका

डीबी विष्ट  असोज २८ बझाङ । ग्रामिण भेगबाट दैनिक उपभोग्य बस्तु किन्न (खरीद) गर्नका  लागी सदरमुकाम चैनपुर बजार पुगेका सर्वसाधारण स्थानीयहरु जिल्लाको सदरमुकाम हो भन्न आफुलाई लाज लाग्ने बताउने गरेका छन् । बझाङ जिल्लाको सबै भन्दा ठुलो धार्मीक स्थल सुर्मा देवि मन्दिर नजीक रहेको चौहारमा जथाभावि रुपमा फोहोर देखीनु त्यसैमा पनी नालीकोे पानी सडकमा छता छुल्ल अवस्थामा देखीनुले सदरमुकाम आएको जस्तो आफुलाई भान नहुने सुर्मा गाँउपालीकाका स्थानीय बासिन्दा पे्रम बहादुर बोहराले बताउनु भयो ।

नगरपालीका भएको ३ बर्ष हुन लाग्दा पनी सदरमुकाम चैनपुर बजारको फाहोर ब्यावस्थापन गर्न नसकेको स्थानीयहरुले बताएका छन् । बजारका केहि ब्यापारी, उद्योगी र घर मालीक तथा कोठा भाडामा बस्नेहरुले सदरमुकाम चैनपुरमा भएर बग्ने नालीमा जथाभावि प्लाष्टिक, सिसा, लगायत फोहोर फाल्नाले दिन प्रतिदिन सदरमुकाम चैनपुर दुगन्धित बन्दै जान जान थालेको हो  ।

स्थानीयहरुले जथाभावि रुपमा फाहोर फाल्दा पानी बग्ने नालीमा फोहोर अड्कीने र नालीनै भत्तकाउनु पर्ने अबस्था सृजना हुने गरेको स्थानीय दिपक ओलीले बताउनु भयो । पानी सडकमा बग्दा ग्रामीण भेग बाट सदरमुकाम चैनपुर सम्म सामान खरीद गर्नका लागी आएका सर्वसाधारणहरुलाई विच बजारमा हिड्न पनी समस्या हुने गरेको छ । सदरमुकाम चैनपुरमा सामान किन्न जाने भने पछि नयाँ कपडा लगाएर घर बाट आउनु पर्छ जयपृथ्वी नगरपालीका १ का रिदम सिहँले भन्नु भयो । यता आएर लगाएका कपडा जम्मै फहोर हुन्छ । विच सडक भएर बग्ने नालीको फोहोर पानीले कपडा पनी भिज्छन् । जुत्ता लगाएका मान्छेलाईत झन हैरान नै हुन्छ । ससाना बालबालीका वृद्ध वृद्धाहरुलाई त झन हिड डुल गर्न समस्या नै हुन्छ ।

 

नालीमा फोहोर अड्कीएर सडकमा पानी बग्न थाले पछि आफ्नो ब्यापारमा समेत समस्या भएको विनीता खाजा घरका प्रो प्राईटर विरेन्द्र बहादुर सिहँले बताउनु भयो । यस्तै भुमीराज फलफुल तथा तरकारी पसलमा प्रो प्राईटर हरीसिहँ भाटले नजीकै फलफुलको पसल छ विच सडकमा नालीको फोहोर पानी बगी रहन्छ । त्यसैमा सवारीका साधनहरु तल माथी गर्दा सबै फहोर पानी तरकारी र फलफुलमा पर्ने गरेको गुनासो गर्नु भएको छ  । तरकारी र फलफुलमा फोहोर देखीए पछि कसैले पनी तरकारी र फलफुल किन्न मन गर्दैनन् । नाली ब्यावस्थित गर्न र फोहोर ब्यावस्थापन गर्न कुनै पनी निकायले पहल चालेको छैन यहाँका स्थानीयहरुले पनी चाँसो देखाउदैनन् उहाँले भन्नु भयो । सदुमुकाम चैनपुर भन्न पनी आफुहरुलाई लाज लाग्छ । त्यसैमा नगरपालीका पनी भै सक्यो बजारको हालत जस्ताको त्यस्तै छ ।  स्थानीय ब्यापारी उमासंकर जोशिका अनुसार  जयपृथ्वी नगरपालीकाले बार्षिक रुपमा लाखौको बजेट छुट्याउन्छन् खै त्यो बजेट कागजमा मात्र सिमीत भएको जस्तो मलाई लाग्छ । बजारको हालत जस्ताको त्यस्तै छ ।

यता जयपृथ्वी नगरपालीकाका मेयर विरेन्द्र बहादुर खड्काले नगरपालीकाले फोहोर ब्यावस्थापन गर्नका लागी लागी परेको विहान नगरपालप्काले टिप्पर परीचालन गरी बजारमा भएको सबै फहोर संकलन गरी बजार नजीकै रहेको बाउली खोलमाका फ्याक्ने गरेको बताउनु भयो । अब नगरपालीकाले फोहोर फाल्ने ठाँउको पनी खोजी गरी रहेको र सदरमुकाम चैनपुरलाई सफा राख्नका लागी कार्ययोजना बनाउन नगरपालीकाले पहल चालेको बताए । अहिले प्रत्यक दिन हप्तको एक दिन शनिबार पतन्जली योगले पनी सरसफाई अभियन संचालन गरी रहेको उहाँको भनाई छ । दर्शैको समयमा किनमेल गर्नका लागी सदरमुकाम आएका सर्व साधारण ब्यक्तीहरुले भने नगरपालीकालाई नहरपालीका भन्दै हाँसोृमा उडाउन थालेका छन् ।

 

  • २८ आश्विन २०७५, आईतवार १३:५५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU