सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सूचनाको हक जति प्रयोग गर्न सक्यो त्यति नै लोकतन्त्र बलियो हुन्छ : सभामुख सापकोटा
"सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस "

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विकास र प्रविधिको उच्चतम संयोजन हुनसके मुलुकको विकासमा चमत्कारिक परिवर्तन ल्याउन सकिने बताउनु भएको छ ।

सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोग र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आज काठमाडौँमा आयोजना गरेको गोष्ठीमा सभामुख सापकोटाले सूचनाको हक जति प्रयोग गर्न सक्यो त्यति नै लोकतन्त्र बलियो हुने हुँदा सबैले सूचना पाउने हक उपभोग गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले नयाँ प्रविधिको प्रयोग गर्न सकिएन भने मानव अस्तित्व नै असान्दर्भिक हुन जाने अवस्था आएकाले सूचना प्रविधिको विकासको विज्ञानलाई आत्मसाथ गर्नुको विकल्प नभएको  बताउनु भयो ।

सभामुख सापकोटाले  अबको युग सूचना प्रविधिको युग भएकाले सुशासनका लागि विद्युतीय शासन आवश्यकता भईसकेको बताउनु भयो ।

त्यसैगरी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले केही समयभित्रै अनलाइन प्रणालीबाट सूचना माग्न सकिने व्यवस्था गर्न लागेको जानकारी गराउनु भयो ।

सूचना प्रत्येक नागरिकको हक भए पनि हालसम्म नागरिक तहबाट आयोगमा सूचना माग नभएको  जानकारी दिनु भयो ।

गोष्ठीमा सूचना अधिकारकर्मी एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले सूचना प्रविधिको विकास, कृत्रिम बौद्धिकता र विद्युतीय शासनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भयो ।

कार्यपत्र माथि टिप्पणी गर्नुहुँदै सूचनाको हकका लागि राष्ट्रिय महासँघ अध्यक्ष उमीद बागचनदले प्रस्तुतिले महत्वपुर्ण विषयबस्तु उठान गरेको भन्दै सूचनाको बारे राजधानीमा मात्र धेरै कुरा केन्द्रित हुने गरेकोले ग्रामिण क्षेत्रसम्म यसको सन्देश पुर्याउन प्रदेश आयोग बन्नु पर्ने कुरामा जोड दिनु भयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सरकारले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउनुभयो ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त प्रमुख अर्जुन घिमिरेले प्राधिकरणले प्रत्येक वडा, पालिका, विद्यालय र स्वास्थ्य चौकीमा इन्टरनेट पुर्‍याउन लागि परेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले सूचना दिएकै कारण कतिपय कार्यालयका कर्मचारी निलम्बनमा परेका, सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा दुर्व्यवहार भोग्नु परेको र सूचनाको हक कार्यान्वयन नभएको बताउनु भयो ।

 

  • १२ आश्विन २०७९, बुधबार १०:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU