सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार तयार : मन्त्री साह

जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दूरदर्शिता, जबाफदेहिता, जनमैत्री शासन एवं सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना सूचनाको हकका लागि राष्ट्रिय महाँसघ र राष्ट्रिय सूचना आयोगको सहयोग एवँम समन्वयमा जनकपुर धाममा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिएको गरियो ।

सूचनाको हक प्रवर्द्धनमा मधेश प्रदेश सरकार र स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले सूचनाको हक कार्यान्वयन गर्नबाट कोही पनि भाग्न नमिल्ने बताउँदै यसको कार्यान्वयनका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गर्नु भयो ।

उहाँले प्रमुख शासक सुशासन स्थापनाका लागि ईमान्दार नभएसम्म मुलुकमा सुशासन कायम गर्न कठिन हुने बताउँनु भयो । उहाँले सुशासन स्थापनाका लागि आरटीआई अभियानीहरुले निष्पक्ष रुपमा सूचनाको माग एवं सार्वजनिकीकरण गर्नुपर्ने धारणा राख्नुभयो । गृहमन्त्री साहले मधेश प्रदेश सरकारको रेडबुकमा परेको कामकाज कर्मचारीहरूले विभिन्न बहानामा गर्न नचाहेको बताउँदै त्यसका लागि सूचना अभियानीहरुले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले सूचनाको हक आम नेपालीको लागि संविधानले नै मौलिक हकको रुपमा राखेकाले यसको कार्यान्वयन गर्ने दायित्व राज्यका हरेक निकायको भएको बताउनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नागरिकप्रति जबाफदेही बनाउन तथा सुशासन कायम गर्नका लागि नै सूचनाको हकसम्बन्धी ऐनको निर्माण भएको बताउँदै धनुषामा सूचनाको माग भएको खण्डमा अनिवार्य रुपमा कार्यान्वयनका लागि कडाइ गर्ने काम भएको बताउनुभयो ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचन्दले सूचनाको हक पाउने हरेक नेपालीको अधिकार भएको बताउँदै सूचनाको हक अन्तर्गत सूचना माग गर्दा कानून अनुसारको विधि प्रयोग गर्नका लागि आग्रह गर्नुभयो । मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका अध्यक्ष अजय कुमार साहले “सूचनाको हक प्रवर्द्धनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

 

  • १४ असार २०७९, मंगलवार १६:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU