कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेर टाउको प्रहरीमा बुझाइन्
कैलाली,२८ चैत्र / कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको मोहन्याल गाउपालिका-१ राक्सामा घर भएकी ३२ वर्षीया चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान नारायण बुढा मगरको हत्या गरेकी हुन् ।
उनले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमानको हत्या गरेको स्वीकार्दै इलाका प्रहरी कार्यलय पण्डौनमा मृतकको टाउको बुझाएकाे कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
उनले भने, ‘हत्या गरी टाउको बोरामा हालेर इलाका प्रहरी कार्यालय, पण्डौनमा बुझाएकी हुन् । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा छ।
श्रीमान-श्रीमतीबीच यसअघि पनि बेलाबेला झगडा हुने गरेको बुझिएको प्रहरीले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया