डिक्रा देवी वादी कहिलेसम्म स्वरकी धनी मात्र कहलिन्छिन ? "के उनको सपना पुरा होला त ? "
धनगढी । डिजीटल प्रविधि भित्रिएसँगै लोक गीत गायन क्षेत्र आर्थिक आयआर्जन नहुँदा सँकटमा परेको छ । आधुनिकतासँगै प्रविधिको विकासलाई अगाली सकेका लोकगित गायकहरुले समय अनुसार आफुलाई आधुनिकताको फ्रेममा फिट गरेपनि डोटेली लोक गायिका डिक्रा देवी वादी गरिवी र अशिक्षाका कारण समयको मागसँगै अघि बढ्न सकेकी छैनन ।

धनगढीमा सनिबार सम्मपन्न सुदुरपश्चिम नेपाली साहित्य सम्मेलन २०७८ को अन्तिम सत्रको आफ्नै कथा आफ्नै गीत कार्यक्रममा चर्चा गरिएपछि डिक्रादेवी वादीलाई सहयोग गर्न सुदुरपश्चिम साहित्य समाजले एक अक्षयकोष स्थापनाको घोषणा गरेर सघाउने भएको छ ।
कार्यक्रममा डिक्रादेवी वादी भावुक हुँदै यतिधेरै डोटेली गितहरु गाएपनि आफ्नै एउटा पनि एलवम निकाल्न नसकेको बताकी छिन । वरिष्ठ पत्रकार उमीद बागचन्दले सहजीकरण गर्नु भएको कार्यक्रममा अर्का युवा डोटेली देउडा गायक दिपेन्द्र दाहालले सबै कलाकार एकै अवस्थामा छैन । धेरैले आधुनिकता गईसकेका छन । फरक रुपमा अघि बढी रहरेका छन ।

कार्यक्रममा यो मुलुकमा डिक्रा देवी वादी जस्ता आर्थिक सँकटमा परेका कलाकार हरुलाई तिनै तहका सरकार रहेको र उनिबाट सहयोग हुनु पर्ने कुरा जोड दिईएको थियो ।
सबैको यो आग्रहलाई ध्यानमा राखेर सुदुरपश्चिम साहित्य समाजले एक अक्षयकोष स्थापनाको घोषणा गरेर सबैलाई सघाउन आग्रह समेत गरेको छ । अक्षयकोष ११ हजार १ सय ११ रुपैयाले शुरुवात गरिएको छ ।
हेरौ ११ हजार १ सय ११ रुपैयाबाट सुदुरपश्चिम साहित्य समाजले शुरु गरेको अक्षयकोष कहाँसम्म पुग्छ, ककसले सहयोग गर्नु हुन्छ, डिक्रा देवी वादीको एलबम निकाल्ने सपना सपना मात्र हुन्छ कि ? सपना साकार हुन्छ त्यो भने भाविष्यले बताउनेछ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया