सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एक दशक पछी बझाङमा हवाई उडान परिक्षण
"स्थानीय बासिन्दामा खुशियाली "

डीबी विष्ट असोज २४ बझाङ । करीब एक दशक पछी बझाङ जिल्लामा हवाई जहाज परिक्षणका रुपमा हवाई उडान गरेको छ । करीब १० वर्ष देखी बन्द भएको हवाई जहाजले बुधबार परिक्षण सुरु गरेको हो ।

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भए पछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ साल पछी बन्द भएको थियो । नेपालगंज बाट १२ः २४ मा उडेको नेपाल एरलाईन्सको हवाईजवाज ४५ मिनेट पछी बझाङ जिल्लाको दबेल विमान स्थलमा लेन्ड भएको विमान स्थल सुरक्षा गार्डका प्रहरी सहायक निरक्षिक काँसीराम पन्तले बताउनु भयो । झण्डै २० मिनेट हवाई मैदानमा रोकीएको हवाईजहाजमा सुपर डिभीजन कार्यलयका बरिष्ट अधिकृत भगवती प्रसाद करुङ, नेपाल एरलाईन्सका रमेश कुमार पाण्डे, बायुसेवानीगमका दिपेन्द्र सेन लगायतका स्टाफहरु रहेका थिए । ढ ल ब्प्ग् ज्ञठ सिट क्षमता भएको उक्त हवाईजहानको परिक्षण उडान मात्रै गरीएको नेपाल एरलाईन्सका रमेश कुमार पाण्डेले बताउनु भयो । जनप्रतिनीधीहरुको र मिडीयाकर्मीकोहरुको लामो प्रयास पछी हवाईजहाज परक्षण कार्य सुरु गरएिको हो । नेपाल एरलाईन्सका रमेश कुमार पाण्डेका अनुसार अब बझाङ जिल्लामा यात्रुहरु के कती हुन्छ सो हेरेर  उडान गर्न सकीने बताएका छन् । एक दशक पछी हवाई जहाजले परिक्षणका लागी हवाई उडान गरी पछी यहाँका स्थानीय बासिन्दा निकै खुःसी भएकाख छन् ।

बझाङ सदरमुकाम  चैनपुरको नजीकै रहेको देवल विमान स्थल कालोपत्रे गर्ने भनीए पनी अहिले सम्म हुन सकेको छैन ।  बझाङका नागरिक अभिन्यता, सभासद र स्थानियहरु, तथा पत्रकारहरुको पटक पटकको दबाव पछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल लाई कालोपत्रे गर्न टेण्डर आव्हान गरेको भए पनी कालो पत्रे हुने नहुने कुनै छाँटकाँट नभएको यहााका स्थानीय बासिन्दाले बताएका छन् ।

बैशाखको दोस्रो साता नै भत्र टेण्डर प्रक्रियाको टुङगो लागी सक्ने र २ वर्ष भित्र कालोपत्रे गरिसक्ने गरी प्राधिकरणले काम अगाडी बढाएको जनाईएको भए पनी अहिले सम्म उत्तः कामको कुनै टुङ्गो नलागेको स्थानीय नरेन्द्र खड्काले बताउनु भयो ।  नागरिक उड्डयन प्राधिकरणका निर्देशक धुव्र भोसिभोयाले विमानस्थल कालोपत्रे भए पछि बझाङमा सरकारी तथा निजी कम्पनीहरुले उडान सुचारु गर्ने बताएका थिए ।

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भए पछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ साल सम्म सञ्चालनमा रहेको थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगंज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम सम्म बस चल्न थाले पछि यो विमानस्थलमा कुनै पनि उडान भएका थिएनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो ।

बढी जसो बझाङ नेपालगंज उडान संचालन गर्ने विमान कम्पनीहरुले नेपालगंज बाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताए थिए । यद्यपी धनगढी बझाङ उडान संचालन गर्न सके दैनिक दुइ तीन वटा सम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउदै आएका छन् । तर धनगढी विमान स्थलमा विमानलाई राती राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनिहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् ।  बेवारिसे जस्तै बनेको विमानस्थल स्थानियले खेल मैदान र गौचरन बनाउदै आएका थिए ।   विमानस्थल स्थित टावर रहेको भवन स्थानिय केटाकेटीको सौच गर्ने ठा“उमा परिणत भएको थियो । केही वर्ष अघिमात्र निर्माण सम्पन्न भएको उक्त भवनका झ्याल ढोकामा रहेका शिशाहरु पनि फुटाइएको अवस्था छ । एक दशक पछी बझाङ मा हवाईजहाज उडान भए पछी यहाँका सर्व साधारण हरु मा खुःसी छाएको छ ।

  • २४ आश्विन २०७५, बुधबार १०:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU