जीप दुर्घटनामा परी घाईते दुई जनालाई हेलीकोप्टर बाट काठमान्डौ लगीयो
डीबी विष्ट बझाङ २३ असोज । जीप दुर्घटनामा परी घाईते भएका दुई जनालाई सिम्रीक एयरको हेलीकोप्टर बाट काठमान्डौ लगीएको छ । सिकीस्त घाईते भएका कञ्चनपुर जिल्ला बेदकोट नगरपालीका ५ की १२ बर्षिया माया बोहरा र केदार स्युँ गाँउपालीका वडा नम्बर ६ बस्ने जीप चालक ४२ बर्षिया रण बहादुर खातीलाई थप उपचारका लागी हेलीकोप्टर मार्फत काठमान्डौ लगीएको हो ।

अन्य सिकीस्त घाईतेहरुलाई डडेल्धुरा तर्फ जीप मार्फथ रेफर गरीएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । हेलीकोप्टर आउनु अघि नै अन्य सिकीस्त घाईते बुंगल नगरपालीका ६ का नरेन्द्र कुँवर, कृष्ण कुवँर र बुंगल नगरपालीका ८ का धिरेन्द्र बोहरालाई डडेल्धुरा तर्फ लगीएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । हेलीकोप्टर आउन ठिला हुने भन्दै उनीहलाई थप उपचारका लागी जीप मार्फत डडेल्धुरा रेफर गरीएको जनाईएको छ ।
बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तिन पुगेको छ । कञ्चनपुर जिल्ला बेदकोट मंगलबार विहान भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
कञ्चरपुर जिल्ला बेदकोट नगरपालीका ५ बस्ने ६५ बर्षिया विष्ना देवि बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालीका ५ का ५६ बर्षिया धन बहादुर बोहराको घटना स्थलमा नै मृत्यु भएको र बेदकोट नगरपालीका ५ का ३५ बर्षिया प्रेम बहादुर बोहराको उपचारका क्रममा देउरा स्वास्थ्य चौकीमा निधन भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
अन्यको उपचार रायल स्वास्थ्य चौकीमा भै रहेको प्रहरीको भनाई छ ।
मंगलबार विहान बागथला बाट विजगडाका लागी छुटेको से १ ज ७२६ नम्बरको जीप बुंगल नगरपालीकाको वडा नम्बर ५ मिणीबगर भन्ने ठाँउमा दुर्घटना भएको थियो ।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भएको छ । घटना बारे अनुसन्धान भै रहेको छ । मृतक सबै बुंगल नगरपालीकामा देउताको पुजा आजा गर्न आएको भन्ने बुझीन आएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया