सजिलै भारत छिर्छन अपराधी
कैलाली,२ माघ / कैलालीको टीकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरण र कैलालीकै जानकी गाउँपालिकामा भएको अर्जुन दास हत्या प्रकरणमा संलग्न अपराधीहरु सिमानाका बाट भारत पस्दा प्रहरीलाई पक्राउ गर्न र अनुसन्धान गर्न समस्या भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीका अनुसार नेपाल–भारत खुल्ला सीमा नाकाका कारण अपराधिलाई लुक्न सजिलो हुने गरेका छ ।
सीमा नाकामा भारत मजदुरी गर्न जानेको तथ्यांक राख्ने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता जोशीले भने “नजिकका भारतीय बजारहरुमा किनमेलका जाने सर्वसाधारणहरुको व्यवस्थापन नहुँदा अपराधीहरु सजिले भारतमा लुक्ने गरेका छन । ”
खुला सीमाका कारण नेपालमा अपराध गरेर अपराधीहरु खुलेआम भारत छिर्ने र भारतका अपराधी नेपाल छिर्ने गरेको बताउँदै नेपाल–भारत पत्रकार मञ्चका अध्यक्ष दिलबहादुर छत्यालले भने “ सीमामा परिचय पत्र देखाएर नाम ठेगाना लेख्नेसम्म व्यवस्था नहुनाले अपराधीलाई भारत लुक्न जान सहज भएका छ । ” नेपालको मात्रै नभएर भारतका अपराधी पनि नेपालमा सजिलै लुक्ने गरेको जानकारहरु बताउँछन ।
सीमामा सिसी क्यामेरा जडान गरेर आउने जानेको अभिलेखीकरण राखेमा अपराधीलाई समात्न सहज हुने उहाँको भनाइ छ । विशेषगरी बेरोजगार युवाहरू लागू औषध कारोबार तथा अन्य अपराधमा संलग्न हुने गरेका छन् । खप्तड अनलाईन बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया