मदीराले भरीएका गाँउ खाली बन्दै, स्थानीय र प्रहरी विच झडप हुँदा प्रहरी जवान घाईते
डीबी विष्ट असोज २२ बझाङ । बझाङ जिल्लामा मदीराले भरीएका गाँउहरु खाली हुदै गएका छन् । जिल्ला प्रहरी कार्यलयमा नयाँ आउनु भएका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बझाङ जिल्लाको सदरमुकाम चैनपुर लगायत आसपासका गाँउहरुमा छापा मार्दा मदीराले भरीएका गाँउहरु खाली भएका हुन् ।

आईतबार राती सम्म चैनपुर बजार डुङ्ग्री बजार, पुरी गाँउमा छापा हान्दा ६ हजार १ सय ५० लिटर कच्चा पदार्थ र ५५० लिटर तयारी रक्सी फेला पारेको डिएसपि प्रविण धितालले बताउनु भयो ।
सबै भन्दा बढी पुरी गाँउमा ५ हजार लिटर कच्चा पदार्थ र ४ सय ४५ लिटर तयारी रक्सी बरामत गरेको हो । रातीको समयमा पुरीगाँउमा पुगेर प्रहरीले छापा हान्दा प्रहरी र स्थानीय विच सामान्य झडप समेत भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाहरुले ढुङ्गामुडा गर्दा एक जना प्रहरी जवान घाईते भएका छन् । घाईत हुनेमा विनोद क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पतालमा उपचार नभए पछी थप उपचारका लागी क्षेत्रीलाई धनगडी रेफर गरीएको डिएसपि धितालले बताउनु भयो । स्थानीय र प्रहरी विच मुडभिड हुन लागे पछी जिल्ला बाट थप प्रहरी परिचालन गरे पछी स्थानीय बासिन्दाहरु चुप बसेका थिए ।
आईतबार प्रहरीले छापा हान्दा चैनपुर बाट कच्चा पदार्थ ४०० लिटर, तयारी रक्सी ५ लिटर, डुङ्ग्री बजार बाट ७५० लिटर कच्चा पदार्थ र १०० लिटर तयारी रक्सी, र पुरी गाँउ बाट ५००० लिटर कच्चा पदार्थ र ४४५ लिटर तयारी रक्सी बरामत गरी नष्ट गरएिको छ ।

अबैध काम गर्ने जो कोहीलाई पनी नछोड्ने प्रहरी प्रमखको भनाई छ । चाँडबाँडको समयमा मदीराका कारण गाँउ बस्तिहरुमा अपराधिक गतीविधी बढ्न सक्ने भन्दै प्रहरीले मदीरालाई नियन्त्रण गर्न लागेको डिएसपि धितालले बताउनु भयो । यो अभियान जिल्ला भरी नै संचालन गरी भएको सबै अबैध मदीरा बन्द गर्ने उहाँको भनाई छ ।
अबैधमदीरा उत्पादन गर्ने सबै स्थानीय बासिन्दाहरुलाई डीएसपि धितालले अरु ब्यावसायी गर्न आग्रह गर्नु भएको छ । पुरी गाँउमा भएको अबैध मदीरामा बढी जस्तो महिलाहरुको संग्लग्नता रहेको प्रहरीको भनाई छ । यस अभियानमा साथ दिन प्रहरीले आग्रह समेत गरेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया