सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्मला हत्या प्रकरणमा दोषी फेला परेन, अन्यौलमा प्रतिवेदन

महेन्द्रनगर २२ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन ।

गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

मुलुककै ध्यान कञ्चनपुरमा केन्द्रित हुनुका साथै सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो ९सिआइबी०को टोलीले अनुसन्धान तीव्र पारे पनि अभियुक्त नजिक भने पुग्नसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको नेतृत्वमा रहेको अनुसन्धान टोली पनि लामो समयदेखि घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी घटना अनुसन्धानकै लागि सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली केही साताअघि कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेका छन् । तर घटना भएको अढाइ महिना बितिसक्दा पनि प्रहरी अनुसन्धान उपलब्धिबिहीन रहेको प्रहरी स्रोतले जनाएको छ ।

सिआइबीले घटनामा संलग्न हुनसक्ने आशङ्का भएका करीब एक दर्जन व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ । त्यसका साथै राष्ट्रिय अनुसन्धानलगायत प्रहरीभित्रै विभिन्न टोली बनाएर केन्द्रबाट परिचालनसमेत गरिएको छ ।

‘घटनाको सुरुवातमै कञ्चनपुर प्रहरी नेतृत्वबाट भएको गम्भीर लापरवाहीकै कारण अहिलेसम्म हत्यारासम्म पुग्न सकस भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘शव भेटिएका बेला गम्भीरताका साथ अुनसन्धान थालेको भए अहिले यस्तो अवस्था नै आउने थिएन ।’

सुरुवातकै त्रूटीका कारण अहिले अनुसन्धानमा समस्या भएको अनुसन्धान अधिकारीको भनाइ छ । घटनाको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमै झिकाएर प्रहरी नायब महानिरीक्षक धिरु बस्नेत नेतृत्वको टोलीले घटनाबारे छानबिन गरिरहेको छ । केही समयअघि प्रहरी प्रधान कार्यालयबाटै घटना अनुसन्धानको समन्वयकारी भूमिका निभाउन प्रहरी उपरीक्षक दुर्गासिंह चन्द भीमदत्तनगर आइपुगेकी छिन् ।

कञ्चनपुरमा महिला तथा विभिन्न दवाव समूहले निर्मलाको हत्यारा सार्वजनिक गर्न दिनहुँ प्रर्दशन गरिरहेका छन् । आन्दोलनरत महिला अधिकारकर्मीलाई आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले पनि ऐक्यवद्धता जनाए । उनले निर्मलाले न्याय नपाएसम्म दवाव दिनुपर्ने आवश्यकता औँल्याउँदै आफू र आफ्नो पार्टी त्यसका निम्ति लागिरहने बताए ।

घटनामा संलग्न भन्दै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख ९हाल निलम्वित० प्रहरी उपरीक्षक डिल्लीराज विष्टले सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका थिए । घटनामा संलग्नताको आरोप स्थानीयवासीले लगाएपछि केही समयअघि प्रहरी उपरीक्षक विष्ट, उहाँका छोरा किरणराज विष्ट र भीमदत्तनगरकै युवा आयुश विष्टको समेत डीएनए परीक्षण गरिएको थियो । तीनै जनाको रिपोर्ट नमिलेपछि घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले घटनाको अनुसन्धान भइरहेको बताउँदै केही तथ्य फेला नपरेको बताए । ‘हामी सुक्ष्म रूपमा दिनरात खटिएर लागेका छौँ’, कडायतले भने, ‘अनुसन्धानमा केही नयाँ तथ्य आएको छैन ।’
दैनिक नेपालबाट साभार

  • २२ आश्विन २०७५, सोमबार ०४:४१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU